बालिका आश्रमको लागी विभिन्न सहयोग

देवघाटधाम ,२१ ,अषार ।
देवघाटधम चितवनमा रहेको श्री रामजनाकी बालिका आश्रमका लागि जन्मदिनमा सहयोग जुटेको छ ।
भरतपुर २७ तलौली निवासी समिक्षा अधिकारीको ३०औ जन्मदिनको पावन अवसरमा बालिकाहरूलाई एक दिनको भोजन रकम रु.७००० प्रदान सहयोग जुटेको हो । त्यसैगरि आश्रमका लागि
धादिङ,चरौदि निवासी समाजसेवीहरु पुकार थपलिया तरकारी हरू र दिनेश बल्देवा परिवार बाट स खाध्यान्न का साथै मसला पिस्ने मेसिन (सहयोग गर्नु भएको छ । आश्रम का अध्यक्ष सावित्रि टन्डन (माता)ले बताउनुभयो । आश्रममा हाल ३२ जना बालिकाहरु रहेका छन् । लोककल्याण सेवा प्रतिष्ठान नेपालद्धारा संचालित सो आश्रम यतिखेर आफ्नै भवन निमार्णका लागि जुटेको छ । सबैको सहयोगले आश्रमको देनिक व्यवस्थापनका साथै भवन निमार्ण कार्य अगाडि बढको प्रतिष्ठानका महासचिव रामेश्वर खनालले बताउनु भयो ।

प्रतिकृया दिनुहोस