नरसिहं हिन्दुसेना नेपालका अध्यक्ष शाह सम्मानित


काठमाडौ ,मंसिर ३ ।
हिन्दु जागरण नेपाल यु .ए.ई समितिले नरसिहं हिन्दुसेना नेपालका अध्यक्ष विण्णु प्रताप शाहलाई पुरस्कार सहित सम्मान गरेको छ ।हिन्दु धर्मको सरक्षण गर्न , धर्म परिर्वतन विरुद्धको अभियानमा सहयोग पुर्याएको भन्दै अध्यक्ष शाहलार्ई सम्मान गरिएको हो । अध्यक्ष शाहलाई नगद १० हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो । हिन्दु धर्म,सस्कार र मौलिक संस्कृतिहरुको संरक्षणमा अध्यक्ष शाहको योगदानको कदर गर्दे नगदसहित सम्मान गरेको हिन्दु जागरण नेपाल यु .ए.ई समितिका महासचिव केशवराज न्यौपानेले जानकारी दिनुभयो ।
निस्वार्थ भावले हिन्दु धर्मको जेगर्ना का लागि लागिपरेको बताउदै सम्मानित व्याक्तित्व शाहले हिन्दु जागरण नेपाल यु .ए.ई समितिको सम्मानले थप कार्य गर्न उर्जा मिलेको बताउनु भयो । हिन्दु जागरण नेपाल यु .ए.ई समितिले यस अघि पनि धर्म सस्कृति संरक्षण का लागि विभिन्न पहल गरिरहेको समितिका अध्यक्ष .रामकृण्ण उपाध्याले जानकारी गराउनु भयो ।

प्रतिकृया दिनुहोस