देवघाटधाम को दाहसस्कार स्थललाई १ थान स्टेचर सहयोग

देवघाटधाम , २९ , मंसिर । भरतपुर १ देवघाटधाममा रहेको दाहसस्कार स्थलमा शव बोक्न का लागि १ थान स्टेचर सहयोग गरिएको छ । नारायणगढ निवासी समाजसेवी छाया श्रेष्ठ सो सहयोग गर्नुभएको हो । उहाँले आफ्नो दिवंगत वुवा एकराम श्रेष्ठ , आमा ईश्वरी श्रेष्ठ र भाई सावन कुमार श्रेष्ठको स्मृतिमा सो सहयोग गर्नुभएको हो । आज परेको सोमवारे औसीको सन्र्दभ पारेर उहाँले देवघाट दाहसस्कार स्थलमा परिवार सहित पुगेर सो सहयोग गर्नु भएको छ । दाहसंस्कार व्यवस्थापन समिति देवघाटधामका सदस्य सगीता घिमिरे र कर्मचारी गोविन्द तामङ लगायत दाहसस्कारमा खटिनेहरुलाई सो सहयोग हस्तान्तरण गर्नुभएको हो । समाजसेवी श्रेष्ठले दाहसस्कारमा शव व्यवस्थापनका लागि त्यहाँ रहेको अस्पतालले दिएको स्टेचर पुरानो भएर काम गर्न छोडेको भन्ने सुनेकोले आफूले परिवारको सहयोगमा स्टेचर सहयोग गरेको बताउनु भयो । उहाँले देवघाटमा पछिल्लो समयमा शवको दाहसस्कार शवको धेरै हुने
गरेको बताउनु हुदै स्टेचरले शव व्यवस्थापनमा थप सहज हुने भन्नुभयो । सो अवसरमा समाजसेवी श्रेष्ठको वहिनी माला श्रेष्ठ , भाईवुहारी सुलोचना सापकोटा श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

 

प्रतिकृया दिनुहोस