देवघाट धाममा मुक्तिनाथ अतिथि सदन भवनको शिलान्यास

देवघाट । आईतवार देबघाट धाममा एक कार्यक्रमका विच मुक्तिनाथ अतिथि सदन भवनको शिलान्यास गरिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले सो भवनको शिलान्यास गर्नु भएको हो । सो कार्यक्रममा आश्रमका संरक्षक समेत रहनु भएका वाग्मती प्रदेशशभा सदस्य गीता बाग्ले,देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेल, साहित्यकार श्री अच्युत भक्त वाग्ले लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा देबघाटमा रहेको राम जानकी गाग्री कन्या गुरुकुलमका बालिकाहरुले स्वस्ती वाचन समेत गरेका थिए । आश्रमका संरक्षक वाग्लेले मुक्तिनाथ अतिथि सदन भवन ५० लाख खर्चमा निर्माण गर्ने लागिएको जानकारी दिनुभयो ।

सो अवसरमा भरतपुर १ देवघाटमा नै रहेको गाग्री कन्यामा महानगर प्रमुख दाहल सहितको टोली पुग्नु भएको थियो । कार्यक्रममा वागीश्वरी योगी नरहरिनाथ आश्रम गुरुकुल सदस्य भवानी सेढाई कडेल ,गुरुकुलका शिक्षक गोदा सुवेदीले लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस