नागार्जुन न.पा - १० मा वृक्षारोपण कार्यक्रम सम्पन्न

क़ाठमाण्डौ । काठमाण्डौको नागार्जुन नगरपालीका वडा न- १० मा आज १९ गते शनिवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वडा भित्र रहेका तारकेश्वर मन्दिर, कमलपोखरी, शालिक चोक, पाटी चोक र स्वास्थ्य चौकी लगाएत अन्य खाली सार्वजनिक जग्गा र सडकको दायाँ वायाँ खाली ठाउँमा वृक्षारोपण गरिएको हो ।

नागार्जुन नगरपालिका - १० द्वारा सञ्चालित यस कार्यक्रममा राजनिती दलका प्रतिनिधि, सवाजसेवी , टोल विकास सस्था, क्लव प्रतिनिधी , आमा समूह लगाएत टोलवासीको सहकार्यमा सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस