जन्मदिनमा गौ सरक्षण केन्द्रलाई सहयोग

 चितवन , १२ भदौ समाजसेवी राजु भन्डारी तथा उहाँको श्रीमती कल्पना अर्याल भन्डारी ,श्री वागिश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमबाट सञ्चालित गौ सं रक्षण केन्द्रको आजिवन सदस्य बन्नुभएको छ । पोखरा स्थाई घर भई हाल अमेरीकाको नर्थक्यारोलीना निवासी भन्डारी दम्पतीले आश्रममा संरक्षित गाईहको संक्षणमा टेवा पुग्ने उदेश्यले सदस्य बनेको बताउनु भएको छ । समाजसेवी भन्डारीले आफ्नो जन्मदिनको अवसर पारेर केन्त्रको सदस्य बन्नु भएको हो । भरतपुर १ देवघाटमा रहेको सो आश्रम हाल स्थानीय प्रजातिका लोपोन्मुख १सय ५०भन्दा वढी गाईहरु रहेका छन्। दिवंगत राष्ट्र गुरु योगी नरहरिनाथले २०४९सालबाट त्यस क्षेत्रमा गौशाला निर्माण गरि स्थानीय गाईहरुको संरक्षण अभियान शुरु गर्नुभएको थियो । सो गाईको मुत्रहरु संकलन गरि गौ अर्क पनि उत्पादन पनि गरिदै आइएको केन्द्रका संयोजक राम प्रसाद वस्तीले बराउनु भया उहाँले आश्रमा रहेका गौ सेवक , चोकर पराल लगायतको लागि सदस्यहरुको सहयोगले टेवा पुगेको प्रष्टाउनु भयो।।उहाँको अनुसार हाल सम्म केन्द्र मा यति आजीवन सदस्य १सय ३० बढि रहेका छन्। उहाँले १सदस्य को लागि ११हजार रकम लाग्नौ बताउनु हुदे दाताहरुको सहयोगले नै गौ संरक्षण अभियान सफल भईरहेको बताउनु भयो। आश्रमका योगी पिताम्वरले केन्द्रमा गौशालाको साथसाथे ,,गुरुकुल ,,प्राकृतिक चिकित्सालय ,,धार्मिक वन लगाएत रहेको जानकारी दिनुभयो । राष्ट्र गुरु योगी नरहरि नाथले स्थानीय गौको संरक्षण को साथसाथै सबै जातजाति को लागि संस्कृत शिक्षा,,बर्तबन्ध सस्कार ,,प्राकृतिक चिकित्सा लगाएतका अभियान अगाडी बढाउनु भएको आश्रम का संरक्षक शान्त प्रसाद पोखरेकके बताउनु भयो ।सो क्षेत्रमा पु रातात्विक महत्वको वागीश्व मन्दिर लगायतका क्षेत्रह रहेका छन् । सो मन्दिमा नै भगवान लक्ष्मणलाई गु वशिष्ठले अध्यापन गराउनु भएको भन्ने मान्यता हेको छ । यस   अघि पनि भन्डारी दम्पतीले  पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि ,विभिन्न गुरुकुल  लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्नूभएको छ ।                                                                                                                                                             

प्रतिकृया दिनुहोस