नेपालकै अग्लो गणेशको मूर्ति रामेछापमा

रामेछाप । रामेछापको नगरपालिका ८ डकुरसिं डाडा“मा नेपालकै अग्लो गणेशको मूर्ति स्थापना गरीएको छ । साढे २१ फिट अग्लो उक्त मुर्तिको स्थापना बिहिबार गरीएको हो । मुर्ति स्थापना गर्ने कार्यमा सम्लन ईन्जिनियर हिरण्यप्रसाद पौडेलका अनुसार उक्त मुर्ति नेपालकै सवैभन्दा अग्लो हो ।

रामेछापको पर्यटकिय स्थान डकुरसिंडाडामा गणेशको मूर्ति स्थापनाका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत योजना कार्यान्वयनमा ल्याएको हो ।

ईन्जिनियर कुशुम भट्टराईका अनुसार उक्त मुर्ति निर्माणका लागि करिव ३० लाख खर्च भएको छ । भारतिय कारिगढले गणेशको मूर्ति तयार गरी स्थापना गरेको पर्यटन क्षेत्रका अगुवा हिरण्यप्रसाद पौडेलले वताए । डुकुरसिंमा यस अघि पुरातत्व विभागले विभिन्न पर्यटन पूर्वाधारको काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...