गोसाइँकुण्डमा बिरामी तीर्थयात्रीको उद्धार गरियो

साउन २५, रसुवा  :नेपालका विभिन्न धार्मिक पर्यटकिय गन्त्व्य मध्येको गोसाईकुण्ण तिर्थालुहरुको आर्कषण बढेको पाइन्छ । तिर्थयात्रीहरु विशेष गरि गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्व का क्रममा यस क्षेत्र भ्रमण गर्नै गर्दछन् । प्राकृतिक सन्दरताले भरिएको यस क्षेत्र जाने क्रममा तिर्थालुहरु विभिन्न कारणले विरामी पर्ने गर्दछन् । यस वर्षको जनैपूर्णिमा को अवसर पारेर  अवसरमा लागेको गोसाइँकुण्ड मेलामा गएर फर्कने क्रममा बिरामी परेका एक तीर्थयात्रीको उद्धार गरिएको छ। काभ्रेको बनेपा नगरपालिका-१२ बासटोल घर भएका ५८ वर्षीय ठुलो कान्छा सत्यालको मंगलबार उद्धार गरिएको हो।सोमबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ ढिम्सामा आइपुग्दा एक्लै अलपत्र अवस्था रहेको सूचना पाएपछि प्रहरी सो क्षेत्रमा पुगेको थियो। उनलाई सोमबार ढिम्साको लालिगुराँस होटलमा बस्ने व्यवस्था मिलाइएको थियो । उनी म‌ंगलबार बिरामी परेका थिए। बिरामी भएपछि विष्णुदल गण धुन्चेका नेपाली सेनाको टोलीले उद्धार गरेको हो। नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड  फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् ।[१] गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ । यहाँ गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्वअन्तर्गत विशेष मेला लाग्छ । साथै साउनभर पवित्र तीर्थ स्नान गर्ने चलनसमेत छ । रोगब्याद पूर्णरूपमा हट्ने विश्वासका साथ तिर्थयात्री गोसाइँकुण्ड जान थालेको स्थानीय बताउँछन् ।यस वर्षको जनैपूर्णिमाको पर्सी   साउन २७ गते परेको छ । साउन २३ गते पुत्रदा एकादशीदेखि गोसाइँकुण्डमा पाँच दिन ठूलो भीड लाग्ने र करिब १५ हजार भक्तजनले स्नान गर्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस