–उपमन्यु गोत्रीय ढकालहरुको वंश खोजी गरिदै देवघाटधाम सकियो ढकाल समाजको राष्ट्रिय सम्मेलन

 देवघाटधाम ,२९ साउन,उपमन्यु गोत्रीय ढकालहरुको  राष्ट्रिय सम्मेलन ६ बुँदे देवघाट घोषणा पत्र जारी गर्दै  सकिएको छ । राष्ट्रिय भेलामा ६४ जिल्ला बाट ३७६ सहभागीहरु भएका थिए । नेपाल ढकाल समाज प्रतिष्ठानको आयोजनामा भएको सो  राष्ट्रिय सम्मेलनमा उपमन्यु ऋषि, ढकाल थर, कुल पूजाबिधि तिथि मितिका विषयमा छलफल भएको भेलाले “देवघाट घोषणापत्र २०७९“ घोषणा गरेको हो । ढकाल समाजका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले सम्मेलन सफल भएको दावी गर्नु भयो । ‘ सबै उपमन्यू गोत्रिय ढकालहरु खोज्ने काम भएको छ , ’ उहाँले भन्नुभयो , ‘ सबैलाई एकै थलोमा ल्याउन सम्मेलन सफल भएको छ । ’ सम्मेलनले उपमन्यु गोत्रीय ढकालहरुको वंश खोजी गरी लिपीबध्द गर्न नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला समितिहरुले तथ्याङ्कहरु संकलन गरी केन्द्रमा उपलब्ध गराउने भएका छन् । त्यस्तै ढकाल बंशले प्राप्त गरेका बिर्ताहरुको खोज अनुसन्धान गरी जिल्ला समितिहरुले केन्द्रमा विवरण उपलब्ध गराउने निर्णय भएको छ । ढकालहरुको कुलपूजालाई एकरुपतामा ल्याउनको लागि हालसम्म गरिआएका संस्कार र पद्धतिहरुको विवरण जिल्ला समितिहरुले केन्द्रमा उपलब्ध गराउने निर्णय भएको छ । भेलाले देवघाटधाम क्षेत्रमा जग्गा खोजेर ढकाल वंशका कुल देवताको मन्दिर सहितको खोज अनुसन्धान, अध्ययन केन्द्र र ढकाल आश्रम निर्माणका लागी पुर्वाधार निर्माण र परियोजनाको गुरुयोजना तयार गर्न केन्द्रीय अध्यक्ष श्री टिकाराम शर्मा ढकालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको सम्मेलन ब्यवस्थापनको सचिव तारापति ढकालले बताउनुभयो । ‘ देशभरका ढकाललाई एकैथलोमा ल्याउन सममेलन सफल भएको छ , ’ उनले भने , ‘ अब हामी ढकालहरुको बंशावली तयारको काम थालेका छौ । सबैलाई एउटै मालामा गाँसेर एकताबद्ध गराउने हाम्रो प्रयास हुनेछ । ’ बिशेष राष्ट्रीय भेलामा प्रस्तुत भएका कार्यपत्रहरुको अध्ययन गरी दस्तावेजीकरण गर्न प्रतिठानका वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालको संयोजकत्वमा समिति गठन गरेको छ । नेपाल ढकाल समाज प्रतिष्ठानको आयोजनामा श्रावण २६ देखी २८ गते सम्म पवित्र धार्मिक स्थल देवघाटधामको गलेश्वर आश्रममा राष्ट्रिय सम्मेलन गरिएको थियो । राष्ट्रिय भेलामा ६४ जिल्ला बाट ३७६ सहभागी थिए

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...