–उपमन्यु गोत्रीय ढकालहरुको वंश खोजी गरिदै देवघाटधाम सकियो ढकाल समाजको राष्ट्रिय सम्मेलन

 देवघाटधाम ,२९ साउन,उपमन्यु गोत्रीय ढकालहरुको  राष्ट्रिय सम्मेलन ६ बुँदे देवघाट घोषणा पत्र जारी गर्दै  सकिएको छ । राष्ट्रिय भेलामा ६४ जिल्ला बाट ३७६ सहभागीहरु भएका थिए । नेपाल ढकाल समाज प्रतिष्ठानको आयोजनामा भएको सो  राष्ट्रिय सम्मेलनमा उपमन्यु ऋषि, ढकाल थर, कुल पूजाबिधि तिथि मितिका विषयमा छलफल भएको भेलाले “देवघाट घोषणापत्र २०७९“ घोषणा गरेको हो । ढकाल समाजका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले सम्मेलन सफल भएको दावी गर्नु भयो । ‘ सबै उपमन्यू गोत्रिय ढकालहरु खोज्ने काम भएको छ , ’ उहाँले भन्नुभयो , ‘ सबैलाई एकै थलोमा ल्याउन सम्मेलन सफल भएको छ । ’ सम्मेलनले उपमन्यु गोत्रीय ढकालहरुको वंश खोजी गरी लिपीबध्द गर्न नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला समितिहरुले तथ्याङ्कहरु संकलन गरी केन्द्रमा उपलब्ध गराउने भएका छन् । त्यस्तै ढकाल बंशले प्राप्त गरेका बिर्ताहरुको खोज अनुसन्धान गरी जिल्ला समितिहरुले केन्द्रमा विवरण उपलब्ध गराउने निर्णय भएको छ । ढकालहरुको कुलपूजालाई एकरुपतामा ल्याउनको लागि हालसम्म गरिआएका संस्कार र पद्धतिहरुको विवरण जिल्ला समितिहरुले केन्द्रमा उपलब्ध गराउने निर्णय भएको छ । भेलाले देवघाटधाम क्षेत्रमा जग्गा खोजेर ढकाल वंशका कुल देवताको मन्दिर सहितको खोज अनुसन्धान, अध्ययन केन्द्र र ढकाल आश्रम निर्माणका लागी पुर्वाधार निर्माण र परियोजनाको गुरुयोजना तयार गर्न केन्द्रीय अध्यक्ष श्री टिकाराम शर्मा ढकालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको सम्मेलन ब्यवस्थापनको सचिव तारापति ढकालले बताउनुभयो । ‘ देशभरका ढकाललाई एकैथलोमा ल्याउन सममेलन सफल भएको छ , ’ उनले भने , ‘ अब हामी ढकालहरुको बंशावली तयारको काम थालेका छौ । सबैलाई एउटै मालामा गाँसेर एकताबद्ध गराउने हाम्रो प्रयास हुनेछ । ’ बिशेष राष्ट्रीय भेलामा प्रस्तुत भएका कार्यपत्रहरुको अध्ययन गरी दस्तावेजीकरण गर्न प्रतिठानका वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालको संयोजकत्वमा समिति गठन गरेको छ । नेपाल ढकाल समाज प्रतिष्ठानको आयोजनामा श्रावण २६ देखी २८ गते सम्म पवित्र धार्मिक स्थल देवघाटधामको गलेश्वर आश्रममा राष्ट्रिय सम्मेलन गरिएको थियो । राष्ट्रिय भेलामा ६४ जिल्ला बाट ३७६ सहभागी थिए

प्रतिकृया दिनुहोस