, विश्वशान्तिको लागि कोटिहोम ज्ञानमहायज्ञ ःमन्त्री पाण्डे


चितवन,माघ १३ ।शहरीविकास मन्त्रीएवम् राष्ट्रिय प्रजातन्त्र पार्टीकावरिष्ठ उपाध्यक्षविक्रम पाण्डेलेहिन्दुको लागिमात्रनभएरविश्वशान्तिको लागि महायज्ञ आयोजनाभएको विश्वास व्यक्त गरेका छन् । नारायणी नदीकिनारमाबिहीबारदेखि सुरु भएको एक महिने साङ्ग–बिराट्–श्रीगायत्रीकोटिहोम ज्ञानमहायज्ञको उद्घाटन कार्यक्रममाबोल्दै मन्त्री पाण्डेले यस्तो बताएकाहुन् ।


नेपालऋषिमुनिले तपस्या गरेको तपोभूमिभएकाले पूर्ववत रुपमाशान्तिचाहेकोबताए ।‘नेपालऋषिमुनिले तपस्या गरेको तपोभूमिहो । यो भूमिपूर्ववत रुपमाशान्तिहोस् । सुव्यवस्थितहोस् र दानवहरुको पञ्जाबाट मुक्तहोस् भन्ने मैले भगवानसँगपुकार गरेको छु’, उनले भने ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य विनु रायमाझी पौडेल,नारायणी किनारमा लगाइएको कोटीहोम महायज्ञले हाम्रा ,नदीहरुको संरक्षण अभियानमा पनि टेवा पुग्ने बताइन् । उनले समाजका हरेक  गतिविधिमा आफनो चासो र चिन्ता रहने बताउदै महायज्ञलाई पनि सबैले चासो राखी सहयोग गर्न अपिल गरिन् ।
 महायज्ञका प्रमुखवाचक परशुराम पाण्डेयले नारायणी किनारमाहुँदै आएको आरतीलाई निरन्तरतादिन महायज्ञ आयोजनागरिएको बताए । फागुन १२ गते सकिने महायज्ञमा १०८ ब्राह्मणहरुले गायत्री मन्त्रद्धारा हवनगर्ने उनको भनाइ छ ।कार्यक्रममा , भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशवराज, स्वामी जगन्नाथ शर्मा कँडेल, पूर्वसांसद गोविन्द कँडेल,कालिका विद्यापिठ गैडांकोटका प्राचार्य ,डाक्टर  रामचन्द्र कण्डेल ,श्री वागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल , समाजसेवी उमाशङ्कर अग्रवाल,श्री शिद्धिदात्री दुर्गामन्दिर कोटिहोम आश्रम पीठाधीश  योगी खेचरनाथ, समाजसेवी लिला गिरी  लगायतले बोलेका थिए।महायज्ञका वरिष्ठ सल्लाहकार टंकनाथ पौडेलले नेपालमा २०५७ सालपछि कोटिहोम यज्ञ हुनलागेको बताए । त्यस्तै नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न जनमत संग्रहगर्नुपर्ने धारणा राखे । हिन्दु राष्ट्रको लागि पिठाधिसले नै आन्दोलनको नेतृत्वलिनुपर्ने उनको तर्क थियो । महायज्ञमा कोटिहोम यज्ञ पनिबिहीबार साँझबाट नै सुरु भएको छ । महायज्ञको उद्घाटनअघि विभिन्न टोलिविकास संस्था र आमा समूहले कलशयात्रानिकालेकाथिए ।
महायज्ञ सम्पन्नगर्न साढे दुई करोड रुपैयाँखर्च हुने अनुमानगरिएको महायज्ञ संयोजकएवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्काअध्यक्ष प्रेमनिधि कँडेल (भारद्धाज)ले बताए । यज्ञगर्न दैनिककरिब सात क्विन्टल चरु आवश्यक पर्ने उनको भनाइ छ ।श्री सनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्तआयोजनामा महायज्ञ सुरु भएको हो ।

प्रतिकृया दिनुहोस