नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाचौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा गोकुल पराजुली निर्वाचित

काठमाडौँ,१३ माघ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाचौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा गोकुल पराजुली निर्वाचित भएका छन्।

सोमबार राजधानीको कमलपोखरी स्थित नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यू ले अधिबेशनको उद्घाटन गर्नु भएको थियो। अधिवेशनबाट अध्यक्षमा पराजुलीले उहाँका प्रतिद्वन्द्वी राम श्रेष्ठ राय यादवलाई ३२ मतान्तरले पछाडी पार्दै निर्वाचित भएका हुन्।

पराजुलीले २१३ र यादवले १८१ मत लिएका छन्। त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा महेश थापा, महिला उपाध्यक्ष सविता निरौला श्रेष्ठ, गैरसरकारी उपाध्यक्षमा यमलाल भट्टराई, महासचिवमा नविन किरण भुसाल, कोषाध्यक्षमा धिरेन्द्र कुमार सिंह, सचिब खुल्लामा राम नारायण प्रसाद र गैरसरकारी सचिवमा श्याम सुन्दर झा निर्वाचित भएका छन्। आयुर्वेद स्वास्थ्यकर्मी समाजको कार्यसमितिमा २५ जना रहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोटिहोम एकैसाथ १ हजार ८ कन्याको पुजन गरिदै

भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा भोलि (शनिबार) एक हजार भन्दा बढी ...