सुन प्रतितोला २ सय रुपैयाँले वृद्धि

काठमाण्डाै,१५ माघ ।शुक्रबार प्रति तोला १ लाख ५ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रति तोला १ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ । आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९० हजार ८ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ४ सय ५० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० कायम गरेको छ।

प्रतिकृया दिनुहोस