लंकुमा जारी महायज्ञमा आज दीनबन्धु पोखरेल आउने

चितवन,२ फागुन । भरतपुर–४ लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्)को सुसञ्चालन र सर्वाङ्गीण विकासका लागि बृहत् अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञमा आजको विशिष्ट वक्ताका रूपमा वाचन प्रवीण दीनबन्धु पोखरेल आउने भएका छन् ।

महायज्ञमा आइतबारदेखि विश्वविख्यात कथावाचक ईश्वरकृष्ण महाराजको प्रवचन भइरहेको छ। सोमबारसम्म नगद र बोलकबोल गरी झण्डै २ करोड ३५ लाखभन्दा बढी रकम संकलन भइसकेको महायज्ञ सम्पादन मूल समितिका सहकोषाध्यक्ष नवराज सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...