भरतपुरमा प्रादेशिक स्वास्थ्य प्रयोगशाला

भरतपुर,११ साउन । वाग्मती प्रदेश सरकारले भरतपुरमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरेको छ । काभ्रे धुलिखेलमा प्रदेशस्तरको प्रयोगशाला चलाएको वाग्मती सरकारले सेवा विस्तार गरेको हो ।

वाग्मती प्रदेशमा जनसंख्याको चाप रहेका कारण थप प्रयोगशाला खुलेको हो । धुलिखेल प्रयोगशालाको व्याकपमा रहेका मेसिन उपकरणहरू नै ल्याएर भरतपुरमा प्रयोगशाला सुरू भएको हो ।

वाग्मती प्रदेश प्रयोगशाला प्रमुख नारायणबहादुर कार्कीले प्रयोगशालाको शुल्क सस्तो रहेको बताउनुभयो । संघीय सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नै कायम गरेको शुल्क यहाँ लिने गरेको उहाँले बताउनुभयो ।

नमुनाअनुसार २५ रूपैयाँदेखि एक हजार पाँच सय रूपैयाँसम्म परीक्षण शुल्क रहेको कार्कीले जानकारी दिनुभयो । – रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...