साउनको अन्तिम सोमबार देवघाटधाममा भक्तजनहरुको भीड

चितवन,२९ साउन । आज साउनको अन्तिम सोमबार पवित्रस्थल देवघाटधाममा स्नान तथा दर्शन गर्ने भक्तजनहरुको भीड लागेको छ । 

सौरमास अनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि देवघाटधाममा स्नान तथा दर्शन गर्न आएका भक्तजनको लाम देखिन्छ ।
लगातार परेको साउने झरीको वेवास्ता गर्दै भक्तजनहरु बिहानैदेखि यहाँ  स्नान गरी शिव मन्दिरहरुमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् । 

साउनको अन्तिम सोमबारभएकोले भक्तजनको भीड लाग्ने र नदीमा पानीको बहाव उच्च हुँदा सुरक्षाकर्मीहरुले स्नान स्थलमा भक्तजनहरुलाई सतर्क गराइराखेका छन् ।
 
साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान  प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ । साउनमा व्रत बस्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने गर्दछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...