बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री नेपालमा

काठमाडौं,२ भदौ । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) नेपाल आएका छन्न् |

शुक्रबार काठमाडौं आएका वागेश्वर धाम सरकार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सनातन हिन्दू धर्मको पक्षमा नेपाल र भारतसँगसँगै रहेको चर्चा पनि गरे । सम्बोधनमा उनले नेपाल भारतको मित्र देश भएको चर्चा गर्दै भारतसँग कांधमा कांध मिलाएर पूरा संसारमा सनातनको झंण्डा फैलाउने देश भएको बताए ।
 
उनले भने ‘ यो यस्तो भक्तिको भूमि हो माता जानकीको नगरी हो नेपाल भारतको एक अभिन्न अंग ,भारतको मित्र देश भारतसँग कांधमा कांध मिलाएर पुरा संसारमा सनातनको झंण्डा फैलाउने देश हो न् । उनले भने ‘ अनाथ त्यो हुन्छ जसको कोही नाथ छैन ।
कसले भन्छ नेपाल अनाथ हो भनेर नेपालमा पशुपतिनाथ छ । ’ चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आईपुगेका हुन् । बागेश्वरधाम सरकारका नामले चर्चित धिरेन्द्र शास्त्री आध्यात्मिक गुरुका रूपमा परिचित छन् ।
 
उनी उत्तिकै विवादास्पद पनि मानिन्छन् । उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको पक्षमा आफ्नो प्रवचन राख्दै आएका छन्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...