१० जिल्ला डेंगी संक्रमणको रेड जोनमा, देशभर १० हजार बढी डेंगी संक्रमित

काठमाडौं,७ भदौ । यो अगस्टका २३ दिनमा देशभर १० हजार २४ डेंगी संक्रमित थपिएका छन् । योसँगै नेपालमा यो वर्ष (सन् २०२३) डेंगी संक्रमितको संख्या १८ हजारनजिक पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ । जुलाईयता डेंगीका कारण १३ जनाको मृत्यु भइसकेको छ ।

१५० भन्दा बढी डेंगी संक्रमित भएसँगै १० जिल्लालाई ईडीसीडीले ‘रेड जोन’मा राखेको छ । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा नौ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, मोरङमा एक हजार ९४९, धादिङमा एक हजार ९४१, झापामा ९५४, काठमाडौंमा ४०४, धनकुटामा ३००, कास्कीमा २५८, संखुवासभामा २२१, दार्चुलामा १९४ र ललितपुरमा १५८ जनामा डेंगी पुष्टि भएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...