योगी नरहरिनाथ आश्रम परिसरमा स्थानिय जातका गाई संरक्षण गरिँदै

चितवन,१८ भदौ । चितवनको भरतपुर महानगरपालिका १ स्थित वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमद्धारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानिय जातका गाई संरक्षण गरिँदै आएको छ ।

उन्नत जातका गाईपालन फस्टाउँदै जाँदा स्थानीय जातका गाई लोप हुने अवस्था आएको भन्दै योगी नरहरिनाथले थालेको अभियानलाई उनका अनुयायी र स्थानीयहरुले संरक्षणमा निरन्तरता दिएका हुन् । यहाँ दुई सय बढि स्थानिय जातका गाई पालिएको छ ।

विसं २०४९ देखि योगी नरहरिनाथले बागेश्वरीमा स्थानीय जातका गाईको संरक्षण र संबद्र्धन गर्दै आउनुभएको थियो । उहाँको निधनपछि उहाँका अनुयायी र स्थानीयवासीले गौ संरक्षण केन्द्रका रुपमा यसलाई विकास गर्दै स्थानीय जातको गाईको संरक्षणमा लागेको केन्द्रका अध्यक्ष नवराज ढकालले जानकारी दिनुभयो  ।

बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम परिसरमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ ।

प्रतिकृया दिनुहोस