चितवनमा गाईको मृत्यु भएपछि मान्छेको जस्तै काजक्रिया गरियो

चितवन,२५ भदौ । गाईको पनि मृत्यु पछि मान्छेको जस्तै काजक्रिया हुन्छ भन्दा अचम्म लाग्न सक्छ तर चितवनको राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिमा गाईको मृत्यु पछि मान्छेको जस्तै काजक्रिया गरिएको छ । चितवनको राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिका कृषक बद्री घितालले आफुले पालेको गाई मरेपछि मान्छेको जस्तै क्रिया गरेका छन् ।

गत भदै ५ गते बेलुका ९/१०  बजेको समयमा राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिमा रहेको घितालको गाइ गोठमा आगोलागि हुदा गोठमा रहेका ६ गाइ मध्य ५ गाइ को जलेर मृत्यु भएको थियो।

बाँधेकै ठाउँमा दाम्लोसँगै गाईको मृत्यु भयो भने गाई हत्या लाग्ने भएकाले काजक्रिया गरिएको उनले वताएका छन् । गाईको हत्या गर्न पाउनु पर्ने र गाईको मासु खान पाउनु पर्ने एकथरीको माग भइरहँदा उनले गरेको गाईको काजक्रिया भने यतिवेला चर्चाको विषय बनेको छ ।

राष्टिय जनावार गाईलाई हिन्दु धर्मावलम्वीहरुले गाईलाई आमाको रुप मानेर पुजा गर्ने गर्दछन् । आफुले पालेको, दुध खाएको गाईको मृत्युपछि काजक्रिया गरिएको कृषक घितालले वताए ।

जस्ले गाई बाँधेको छ उसैलाई दोष लाग्ने भएकाले बैद्धिक सनातन धर्म अनुसार नै काजक्रिया गर्नु परेको देबघाट क्षेत्र बिकास समितिका पुर्ब अध्यक्ष एबम आध्यात्मिक ब्यक्ति टन्क नाथ पौडेलले बताए ।

प्रतिकृया दिनुहोस