तिज विशेष कार्यक्रममा पुर्व मन्त्री सहित चितवनका १९ जना महिला सम्मानित

भरतपुर २८ भदौ । नेपाली महिलाको महान्-पर्व  हरितालिका तीजको अवसरमा भरतपुरमा आयोजित तिज बिशेष शुभकामना आदान प्रदान  कार्यक्रममा चितवनका १९ जना महिला सम्मानित भएका छन् । बुधबार भरतपुरमा नेपाल महिला संघ चितवन,नेपाली कांग्रेस महिला विभाग चितवन र नेपाली काङ्ग्रेस महिला विभाग भरतपुर महानगरपालिका  चितवनको संयुक्त आयोजनामा भएको कार्यक्रममा पार्टीका विभिन्न चरणका आन्दोलनमा योगदान दिइएका १९ जना महिला सम्मानित भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा रेग्मीलाई समेत सम्मान गरिएको थियो। उहाँलाई महिला संघ,चितवनका अध्यक्ष पार्वती शाह ठकुरीले सम्मान गर्नुभएको हो भने, मन्त्री रेग्मिले १८ जना महिलालाई दोसल्ला ओढाएर सम्मान पत्रद्धारा सम्मान गर्नु भएको थियो । 

सम्मानित हुनुहुनेमा पुर्व मन्त्री सावित्री बोगटी, संविधान सभा सदस्य गिता वाग्ले,पुर्व सांसद सावित्री चौधरी, पुर्व क्षेत्रीय सभापती सरिता केसी, पुर्व महिला संघ,अध्यक्ष कृष्ण कुमारी श्रेष्ठ, शारदा गुरुङ्ग,ठाकुर कुमारी पौडेल यसैगरी नेपाली काङ्ग्रेस महिला नेता गौरी प्रधान,विष्णुमाया अर्याल, कुमारी श्रेष्ठ,तिल कुमारी सेढाइ,दिल कुमारी बराल,देवी माया ठकुरी,निरु पौडेल, गंगा पोख्रेल वि.क.,जयन्ती न्युरे, गोमा घिमिरे र गंगा भन्तना सम्मानित भएका थिए ।

सो अवसरमा पार्टी केन्द्रिय सदस्य उमा रेग्मीले पार्टी निर्माणमा योगदान दिएका आमा,महिला,दिदि बहिनिहरुलाई सम्मान गर्न पाउदा खुुशी लागेको बताउनुहुदै तिज महिलाको सबैभन्दा ठुलो पर्व भएकाले  सु-सभ्य तरिकाले मनाउन आग्रह गर्नुभयो ।उहाँले  सिर्जनात्मक र रचनात्मक रुपमा मनाउदै आर्थिक समृद्धीको पक्षमा महिला लाग्नुपर्नेमा जोड दिनुभयो । 
 
कार्यक्रमका नेपाली कांग्रेसमा आवद्ध चितवनको भरतपुर,माडी,टाडी लगायतका ठाउँ करिब १२  सय जना महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित महिलाले आ–आफ्नो भाका र शैलिमा तिज गित गाउदै नाचेर रमाइलो गरेका थिए।
नेपाली कांग्रेस चितवनका महिला बिभाग संयोजक कलावती भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम काङ्ग्रेस चितवनका सभापती राजेश्वर खनालले शुभकामना मन्तव्य दिनुभएको थियो।
 
नेपाली कांग्रेस भरतपुर महानगर समितिका सह–सचिव कल्पना पौडेलले सहजिकरण गर्नु भएको कार्यक्रममा नेपाल महिला संघ चितवनको जिल्ला अध्यक्ष पार्वती शाह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा काङ्ग्रेस चितवनका पुर्व पार्टी सभापति तथा पुर्व मन्त्री शेषनाथ अधिकारी,पुर्व सभापति तोपमान सिंह गुरुङ,कृष्णलाल सापकोटा,बागमती प्रदेश,स्वास्थ्य मन्त्री उत्तम जोशी,प्रदेश सभा सदस्य गिता गुरुङ,माया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।


प्रतिकृया दिनुहोस