चितवनका महिला पत्रकारका लागी प्रेस युनियन चितवनले गर्यो तिज विशेष कार्यक्रम

चितवन,३० भदौ । नेपाल प्रेस युनियन चितवनले चितवनमा क्रियाशिल  महिला पत्रकारहरुको लागि तिज विशेष कार्यक्रम गर्दिएको छ ।
 
शुक्रबार  बसेनी स्थीत युनियनको आफ्नै भवनमा कार्यक्रम सम्पन्न्र भएको हो ।नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तिजको पुरानो भाकामा गित गाउनु हुर्दै प्रमुख अतिथी अर्यालले कार्यक्रमको   उद्घाटन गर्नुभएको थियो ।
 
कार्यक्रममा तिजको शुभकामना व्यक्त गदै तिज महिलाहरुको ठुलो पर्व भएकाले आफूले प्राप्त हक र अधिकारलाई सुनिश्चित गर्दै आफ्नो कर्तव्यलाई भुल्न नहुने धारणा राख्नु भयो ।पछिल्लो समय तिज गित भन्दै सस्तो लोकप्रियता कमाउन बजारमा आएका उत्ताउला गितले तिजलाई भड्कीलो बनाउदै लगेको भन्दै त्यसको बिरुद्धमा महिला पत्रकारलाई खबरदारीका साथ कलम चलाउन आग्रह गर्नु भयो ।
 
प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य प्रतिमा सलिवाल, प्रेस युनियन नेपालका पूर्व केन्द्रिय सदस्य बसन्त पराजुली, पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष प्रमिता ढकाल,प्रेस चौतारी नेपालकी जिल्ला उपाध्यक्ष शान्ता अधिकारी लगायत चितवनमा क्रियाशिल  महिला पत्रकारहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।
 
प्रेस युनियन चितनका अध्यक्ष अनिल ढकालले कार्यक्रममा उपस्थित सम्पूर्ण महिला पत्रकारलाई स्वागत गर्नु भएको कार्यक्रम नेपाल प्रेस युनियन चितनकी उपाध्यक्ष सिन्धु ढकालको सभाअध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमलाइ नेपाल प्रेस युनियन चितनकी सदस्य लक्ष्मी ढकालले संन्चालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस