महालक्ष्मी व्रतको के-कस्तो धार्मिक महत्व छ त ?

काठमाडौं,४ असोज । २०८० साल भाद्र शुक्लपक्ष ५ गते शुक्रबार सप्तमी तिथी प्रात: ९ / ०५ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी भएको हुनाले यो दिन देखी आश्विनकृष्ण अष्टमी तिथी आश्विन १९ गते शुक्रबार १६ दिन माता महालक्ष्मीको व्रत ,पूजा, अर्चना गर्ने दिन भएकोले कलिकालमा मनुस्यले महालक्ष्मी बारे बुझेर व्रत बस्नाले के प्राप्त हुन्छ बुझ्न जरूरी छ !

सर्वप्रथम देवताहरु र दानवहरु मिलेर देवासुरसंग्राम {समुन्द्रमन्थन }को प्रयोजन भएको थोयो। जसमा विभिन्न चिज – बिज निस्किएर विभिन्न देवताहरुले आफुले ग्रहण गर्नुभएको थियो। अनि अप्शराहरु निस्किए तिनीहरु देवताहरुको सुखकोलागि निस्किए।

त्यसपछि “ततस्चाविरभूत् साक्षाच्छ्री रमा भगवत्परा। रञ्जयन्ती दिश :कान्त्या विद्दुत् सौदामनी यथा “//शोभाकी मूर्ति स्वयं लोककी अधिश्वरी कल्याणमयी भगवती लक्ष्मीदेवी द्वादशीको प्रात :काल सूर्योदय हुनलाग्दा प्रकट हुनुभयो। वहाँ भगवान श्रीनारायणको नित्यशक्ति हुनुहुन्छ र वहाँको बिजुलीको समान चमकीलो मुहार देखेर दिशाहरू जगमगाएर उठ्दछन्।

माताको सौन्दर्य ,यौवन ,रुप -रंग र महिमाले गर्दा स्वयं इन्द्रले बस्नकोलागी आसन ,नदीले अभिषेकको लागि सुनको कलशमा जल ,पृथ्वीले औषधि , गाइले पञ्चगव्य ,वसन्तऋतुले फल – फुल उपहार दिए ,ऋषिहरूले अभिषेक ,गन्धर्वहरुले सुमधुर गान ,नर्तकिहरुले नाच ,बादलले डमरु ,ढोल ,वेणु ,शङ्ख आदि बजाए,समुन्द्रले पहेंलो रेशमी वस्त्र ,बरुणले वैजयन्ति माला ,विश्वकर्माले गहना सरस्वतीले मोतीको हार ,ब्रह्माजीले कमल र नागले दुईवटा कुण्डल उपहार महालक्ष्मीलाई दिनुभयो।

त्यसपछि ब्राह्मणहरुले{ श्रीशुक्त }वेदपाठगर्दै पूजन गर्नुभयो। करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा । तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।। अर्थात हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु।मेरो यस व्रत निर्विघ्न पूर्ण रहोस् ।

सर्वप्रथम दिप ,कलश ,{विश्वक्शेन}गणेशको पूजनगर्दै चौकीमाथि अष्टदल लेखि कलश थापी तामाको थालीमा कमलको आशन राखी १६ कलाको लक्ष्मीको बिग्रह , फोटो ,प्रतिमा आदिमा षोडषोपचारले पूजागरि श्रीखण्ड ,तिल ,तुलशी ,माला ,कमलको गट्टा,काँचो धागोले १६ वटा पवित्र ग्रन्थि बनाएर महालक्ष्मीलाई धारण गरेर १६ प्रकारको फूल ,१६ प्रकारको फल,पक्वान्न आदि अर्पण गरि महालक्ष्मीको मन्त्र नाम पढ्दै तिल ,तुलशीले ॐ १.श्रियै नम :२.अमृतोभवायै नम :३.कमलायै नम :४.चन्द्रसोदर्यै नम :५.विष्णुपत्न्यै नम :६.वैष्णव्यै नम :७.वरारोहायै नम :८.हरिवल्लभायै नम :९.शारङ्गीण्यै नम :१०.देवदेवीकायै नम :११.लोकसुन्दर्यै नम :१२.महालक्ष्म्यै नम :भनि यी बाह्र नामले अर्चना गर्नुभयो।

त्यसपछि अष्टसुगन्ध र कपुर आरती {पाउमा चार पटक ,नाभीमा दुइपटक,मुखकोमलमा एक पटक }अनि सातपटक सवै बिग्रह वरिपरि घुमाउनु भयो। यता पकवान्न ,फलफूल ,पान – मसला ,नरिवेल ,मिष्ठान्नमा तुलसी छोड्दै शुगन्धिद्रव्य र सौभाग्य अर्पणगर्दै चमर – पंखाले हम्किनु भयो। त्यसपछि महालक्ष्मीको मन्त्र जप्दै हातमा तुलशीलिँदै “महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धिमही तन्नो लक्ष्मी :प्रचोदयात्”भनि लक्ष्मीजिमा अर्पण गर्नु भयो।

त्यसपछि पूजा सवै बिसर्जन गरि मातालाई भोग {खानेकुरा }लगाएर {चढाएर }आफुहरुले पनि प्रशाद भोजन गर्नुभएको थियो। त्यसैगरी हामी कलिकालका मनुष्यहरुले पनि आजको दिन लक्ष्मीको दिन भएकोले आफुले श्रद्धा ,भक्ति ,तन ,मन ,धन लगाएर महालक्ष्मीको व्रत र पूजा गर्नाले हामीहरुलाई धर्म ,अर्थ ,काम ,मोक्ष चारै पुरुषार्थ प्राप्त भएर अन्त्यमा कहिल्यै ननासिने रमावैकुण्ठमा लैजानुहुन्छ।

हरि ॐ तत्सत् ! मलक्ष्मीजिको आरती सवैले पढेर आफुलाई धन्य र पुलङ्कित पार्नुहोस ! नमस्तेस्तु महामाये श्री पीठे सुर पूजिते ! शंख चक्र गदा हस्ते महालक्ष्मी नमोस्तुते !! नमस्तेतु गरुदारुढै कोलासुर भयंकरी ! सर्वपाप हरे देवी महालक्ष्मी नमोस्तुते !! सर्वज्ञे सर्व वरदे सर्व दुष्ट भयंकरी ! सर्वदुख हरे देवी महालक्ष्मी नमोस्तुते !! सिद्धि बुद्धि प्रदे देवी भक्ति मुक्ति प्रदायनी ! मंत्र मुर्ते सदा देवी महालक्ष्मी नमोस्तुते !! आध्यंतरहीते देवी आद्य शक्ति महेश्वरी ! योगजे योग सम्भुते महालक्ष्मी नमोस्तुते !! स्थूल सुक्ष्मे महारोद्रे महाशक्ति महोदरे ! महापाप हरे देवी महालक्ष्मी नमोस्तुते !! पद्मासन स्थिते देवी परब्रह्म स्वरूपिणी ! परमेशी जगत माता महालक्ष्मी नमोस्तुते !! श्वेताम्भर धरे देवी नानालन्कार भुषिते ! जगत स्थिते जगंमाते महालक्ष्मी नमोस्तुते!! महालक्ष्मी अष्टक स्तोत्रं य: पठेत भक्तिमान्नर:! सर्वसिद्धि मवाप्नोती राज्यम् प्राप्नोति सर्वदा !! एक कालम पठेनित्यम महापापविनाशनम ! द्विकालम य: पठेनित्यम धनधान्यम समन्वित: !! त्रिकालम य: पठेनित्यम महाशत्रुविनाषम ! महालक्ष्मी भवेनित्यम प्रसंनाम वरदाम शुभाम !!

प्रतिकृया दिनुहोस