धार्मिक सद्भाव भड्काउनेलाई कारबाही गर्न विश्व हिन्दु महासंघको माग

काठमाडौं,९ असोज । विश्व हिन्दु महासंघले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भड्काउनेलाई कानूनी कारबाही गर्न माग गरेको छ । विश्व हिन्दु महासंघमा आवद्ध रहेका र महासंघप्रति सद्भाव राख्ने नेपालमा क्रियाशील विभिन्न धार्मिक संघसंस्थाहरुको सोमबार बसेको बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भड्काउने उद्देश्यले दिनहु झैं हिन्दु ॐकार परिवारलाई चाेट पुर्‍याउने गरी गरिएका उच्छृङ्खल एवम् अराजक गतिविधिकाे भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको हो ।

धरान र झापामा भएको गौहत्या एवम् गोमांस भक्षणको जघन्य अपराधको घटनापछि देशभर सबैतिरबाट उठेका सनातन हिन्दु समाजका सद्भाव र्‍याली र कार्यक्रमलाई उच्च सम्मान गरेको बताउँदै महासंघले गौहत्यारा र गोमांस भक्षणमा संलग्न अपराधीलाई कडा कानूनी कारबाहीको माग गरेको छ ।

महासंघमा आवद्ध र महासंघप्रति सद्भाव राख्ने नेपालमा क्रियाशील विभिन्न धार्मिक संघसंस्थाहरूको सोमबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै महासंघले यस्तो आग्रह गरेको हो ।

श्रीकृष्ण जन्माष्टमी पर्वको रथयात्रा र मूर्ति विसर्जनका क्रममा भएको  भौतिक आक्रमण, राैतहटमा पुजारीमाथिको  सांघातिक आक्रमणलगायत देशका विभिन्न स्थानमा हिन्दु धर्मावलम्बीहरुमाथि भएका अराजक गतिविधिकाे घोर भत्सर्ना गर्दै घटनामा संलग्न अपराधीलाई कडा कानूनी कारबाही गरी घाइतेको नि:शुल्क औषधि उपचारको व्यवस्था गर्न र क्षति भएको धनसम्पत्तिको पूर्ति गर्न सरकारसँग माग गरिएको महासंघकी कार्यवहाक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन् ।
 
यस्तै महासंघले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालहरुमा धार्मिक सामाजिक सद्भावना बिथोल्ने अनर्गल उत्तेजित सामग्री सम्प्रेषण भइरहेकोबताउँदै यस्ता धार्मिक, आध्यात्मिक, समाजिक एवम् जातीय विद्वेष बढाउने प्रचार सामग्री प्रेषित गर्नेकाे पहिचान गरी त्यसता सामाजिक सञ्जाल आइडीलाई तत्काल बन्द गर्न पनि माग गरेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...