एन आर एन पोर्तुगलकी उपाध्यक्ष गौतम र तिमल्सिनाको जन्मदिन देवघाटमा खाद्यान्न वितरण गरि मनाइयो

देवघाट,२६ असोज । पश्चिम चितवनकाे गुञ्जनगर निवासी एन आर एन पोर्तुगलकी वर्तमान उपाध्यक्ष पुनम गौतम र लायन्स क्लव अफ चितवन वाङ्गमयकी सह कोषाध्यक्ष लायन भावना तिमल्सिनाले आफ्नो जन्मदिनको अवसरमा देवघाटमा रहेको इन्दिरा सन्यास आश्रम आसपास क्षेत्रमा सानासाना कुटिमा आश्रय लिइबसेका ४० जना माताहरुलाइ खाद्यान्न तथा नगद वितरण गरि जन्मदिन मनाएका छन् ।

बाल विधवा एवम्  विभिन्न अप्ठ्यारोका कारण देवघाटमा कुटी बनाएर एकल जीवन विताउदै आएका माता हरु उक्त स्थानमा आश्रममा छन।पितृपक्ष तथा हिन्दु हरुको महान चाड बडा दशमीको आवसरमा माता हरुलाइ जीवन यापन गर्न सहज होस भनि जनही १० किलो चामल,  लुगा धुने साबुन, तेल, नुन, लगायतका खाद्यान्न संगै नगद हस्तान्तरण गरिएको थियो।

एन आर एन पोर्तुगलकी वर्तमान उपाध्यक्ष गौतम र लायन भावना तिमल्सिनाको जन्मोत्सव पारेर लायन्स क्लब अफ चितवन वाङ्गमयले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि Lions club of  international District  325 “R” Nepal का First vice District Governor- MJF लायन दिननाथ न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा कल्पबास बसेका माताहरुलाइ सहयोग गरेर तिमिल्सिना र गौतमले ठूलो पुण्य गरेको र आगामी दिनमा यो सहयोगको कार्यक्रम अझै अगाडि बढ्नेछ भन्दै शुभकामना एवम धन्यवाद दिदै गभर्नर  अनर पिनले सम्मान गर्नु भयो । 

आश्रमकी  संरक्षक इन्दिरामाताले जन्मदिन परेका छोरीहरुको यो सहयोग देखेर खुशी हुँदै आशिर्वाद दिनु भयो। लायन्स क्लब अफ चितवन वाङ्मय कि अध्यक्ष लायन लीला रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्टृक एक्ज्युकेटिभ चिफ MJF लायन प्रभाकर पण्डित ,क्लस्टर ५ का क्लस्टर चिफ MJF लायन पुरन थापा मगर, रिजन १७ का चियर पर्सन लायन गोविन्द अर्याल, जोन ३६ का जोन चियर पर्सन लायन हरिप्रीया रिजाल, पुर्व अध्यक्ष लायन रामहरि शर्मा शराह, लायन सुजन अधिकारी, लायन कर्णेल धनबहादुर मास्की राना, लायन बिदुर अधिकारी, नेपाल पत्रकार महासघकी सचिव सिर्जना अर्याल ,लोकनाथ सापकोटा ,जेसिसका राष्ट्रिय मोटिभेटर श्याम पौडेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण वाङ्मयका सचीव राजेन्द्र पौडेलले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस