स्तन क्यान्सर विजेता महिलाको सञ्जालमा सबै प्रभावित महिलालाई समेट्ने

भरतपुर,१४ कात्तिक । प्राणघातक रोगको रुपमा चिनिएको क्यान्सर रोगसगँ लडेका महिलाको सञ्जालमा सबै क्यान्सर प्रभावित महिलालाई समेटेर लैजाने बताईएको छ।
 
स्तन क्यान्सर विजेताहरुको मंगलवार भरतपुरमा सम्पन्न भेलामा सहभागी प्रभावित महिला एकतावद् हुन सके क्यान्सर विरुद्धको अभियान झन् शसक्त बनाउन सकिने बताएका छन्। विश्व स्तनक्यान्सर जनचेतना महिना अक्टोवरको अवसरमा स्तनक्यान्सर योद्धाहरुको अनुभव साटासाट कार्यक्रम आयोजना गरिएको थियो।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग चितवन, परिचय संस्था र गोपाल पाठक प्रतिष्ठान चितवनले संयुक्तरुपमा स्तन क्यान्सर योद्धाहरुको अनुभव साटासाट कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २० जना स्तन क्यान्सर विजेताहरु र उनीहरुको परिवारका सदस्यको सहभागीता रहेको थियो । परिचय संस्थाका अध्यक्ष बन्दना खाँडको अध्यक्षतामा सम्पन्न कार्यक्रम बी.पी.कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका Breast Unit प्रमुख डा. विश्वराम पाैडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

डाक्टर नेपालले कार्यक्रममा उपस्थित प्रभावितहरुको स्वास्थ्य अवस्था र जिज्ञासाको विषयमा जवाफ दिँदै निरन्तर स्वास्थ्य परिक्षण र खानापानमा विशेष चासो दिन प्रभावितहरुलाई सुझाव दिनु भएको थियो ।वीपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत सिनियर नर्स अयोध्या पाठकले क्यान्सर प्रभावित महिलाको सञ्जाल ,समुहमा आवद्ध हुनु आवश्यक भएको बताउनुभयो ।कार्यक्रमका अध्यक्ष खाडँले सञ्जालको माध्यबाट क्यान्सर विरुद्ध धेरै कार्य गरेको भनाई राख्नु भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पूर्व मन्त्री सूर्यमान गुरुङको शालिक अनावरण

 काठमाडौ,२० ,वैशाख । नेपाल सरकारका पूर्व मन्त्री कांग्रेस नेता सूर्यमान गुरुङको शालिक अनावरण गरिए...