एन.आर.एन.ए.बेल्जियमद्वारा देवघाटका ७० जना बृद्धबृद्धालाई न्यान्नो लत्ताकपडा

तनहुँ,२० कार्तिक । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ स्थित देवघाटधाममा रहेको वृद्धाश्रममा रहेका ७० जना वृद्ध वृद्धाहरुलाई एन.आर.एन.ए. बेल्जियमको आयोजनामा न्यान्नो लत्ताकपडा वितरण गरिएको छ । आज(सोमबार) बिहान एन.आर.एन.ए. बेल्जियमको टिम सोहि आश्रममा पुगेर न्यानो कपडा वितरण गरिएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले एन.आर.एन.ए. बेल्जियमको टिमले देवघाटधाममा आएर लत्ताकपडा वितरण गरेर पुन्य कार्य गर्नु भएको भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियोे । थापाले बृद्धबृद्वा बुवाआमा रहरले आश्रम बस्न आएको हैन उनिहरूलाई परिस्थितिले ल्याएको बताउदैँ सबैले सकेको सहयोग गर्नुपर्ने बताए । बृद्धबृद्वा भनेको भगवान् हो हामीले उनिहरूलाई सम्मानका साथ पुजा गरेर राख्नुपर्छ भन्दै सबैले आ-आफ्नो घरमा भएको बृद्वा बुवाआमाहरूलाई हेला हैन कि मायाँ ममता दिएर राख्न समेत आग्रह गर्नु भएको थियोे ।
साथै देवघाट गाउँपालिकाले आगमि दिनहरूमा बृद्धाहरूको लागि सक्दो सहयोग गर्ने प्रयास समेत गरिरहने अध्यक्ष थापाले प्रतिवद्वता व्यक्त गरे । उक्त कार्यक्रममा एन.आर.एन.ए. बेल्जियमको अध्यक्ष एवं समाजसेवी सीता सापकोटाले बृद्वा बुवाआमालाई लत्ताकपडा वितरण गर्दै हामीलाई जन्म नदिनु भएता पनि हाम्रो आमाबुवा तपाईंहरू हो तपाईहरूलाई सकेको सहयोग गर्नु कर्तव्य भएर सहयोग स्वरूप लत्ताकपडा लिएर देवघाट आएको बताईन । उनले बुवाआमा आश्रम रहरले हैन कि बाध्यताले बस्न बाध्य बनाएको हो भन्दैँ सबै बुवाआमा हरूलाई हौसला प्रदान गर्दै आनन्दसँग बस्न समेत आग्रह गरिन् ।
साथै सापकोटाले धेरै थोरै किन नहोस् लिनु भन्दा दिनुले धेरै सन्तुष्टि मिल्ने बताउदैँ सापकोटाले बुवाआमाहरू सँग आगमि दिनहरूमा फेरि पनि यस्तै सहयोग लिएर आउने बाचा समेत गरिन । र आश्रममा आएर पुन्य एवम् परोपकारी कार्य गर्नु आफुलाई एन.आर.एन.ए. बेल्जियम परिवारले अवसर एवं जिम्मेवारी दिएकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।
 
सो कार्यक्रममा विशिष्ट अतिथि पूर्व केन्द्रीय सह-महामन्त्री हरि न्यौपाने,विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी नेपालका केन्द्रीय सदस्य एवं चितवन सभापति हरि प्रसाद पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल ,मानव अधिकार तथा शान्ति समाजका उप-सभापति राजेन्द्र पौडेल,देवघाट क्षेत्र विकास समितिका सदस्य हरि प्रसाद पौडेल र कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस