योगी नरहरिनाथ गौं संरक्षण केन्द्रमा तिहारको अवसरमा ३ दिनसम्म गौपूजन हुने

चितवन,२३ कात्तिक । चितवनको भरतपुर महानगरपालिका–१ देवघाटधाममा रहेको योगी नरहरिनाथ गौं संरक्षण केन्द्रमा तिहारको अवसरमा तीन दिनसम्म सामूहिकरुपमा  गौंपूजा गरिने भएको छ ।

केन्द्रले आज पत्रकार सम्मेलन गरेर बिगतका वर्षहरुमा जस्तै आगामी कार्तीक २५,२६ र २७ गते लक्ष्मी पुजा,गाई पुजा र गोर्वधन पुजाको अवसर पारेर लक्ष्मीको प्रतिकस्वरुप सामूहिकरुपमा गौंपूजा गर्न लागिएको जनाएको हो ।

कार्यक्रम संयोजक नवराज ढकालले जनाए अनुसार तिहारको अवसरमा कात्तिक २६ गते लक्ष्मी पूजा, २७ गते गाई पूजा र २८ गते हुने गोवद्र्धन पूजामा देवघाटका पिठाधिस ज्ञानानन्द सरस्वती महाराजको प्रमुख अतिथि रहने छन् । सोही अवसरमा केन्द्रले सबैलाई गौपूजन कार्यक्रममा उपस्थित हुन पत्रकार सम्मेलनमार्फत् आव्हान गरेको छ ।

स्थानीय जातको गाई लोप हुँदै गएपछि  राष्ट्र गुरु योगिनरहरी नाथले कोटीहोम गरेको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर विसं २०४३ सालमा गौं संरक्षण केन्द्रको स्थापना गरेका थिए । उनको निधन पछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् । गाई वात्सल्यकी प्रतिमूर्ती र बिना मूल्यको औषधालय भएको केन्द्रले पत्रकार सम्मेलनमा जनाएको छ ।

प्रतिकृया दिनुहोस