भण्डारामा हुने महायज्ञमा एकैपटक सवा करोड दिप प्रज्वलन गरिने

चितवन,२ मंसिर ।  भण्डाराको महायज्ञमा एकैपटक सवा करोड  दिप प्रज्वलन गरिने लागिएको छ|

यही मंसिर ४ गतेदेखि ११ गतेसम्म राप्ती नगरपालिका वडा नम्बर ४ गैडाढाप भण्डारा चितवनमा रहेको श्री जय हरिकिर्तन मण्डपकाे प्राङ्गणमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ गरिन लागिएको छ  सो महायज्ञमा एकैपटक सवा करोड दिप प्रज्वलन कार्यक्रम हुने श्रीमद् भागवत ज्ञान महायज्ञ मुल आयोजक  समितिले जनाएको छ ।

महायज्ञमा प्रख्यात भागवत वाचक ,भागवत मञ्जरीका नामले चिनिनुभएको राधिका दासीले वाचन गर्नुहुने आयोजकले जानकारी दिएको छ ।

यस्तै महायज्ञमा हरेक दिन बिहान ११ बजेदेखि ५ बजेसम्म अमृतमय श्रीमद् भागवत कथा प्रवचन र साझ भजनर्कितन गरिने आयोजकले जनाएको छ यसअघि मंसिर ४ गते भोलि बिहान १०:३० बजेदेखि राप्ती नगरपालिका वडा नम्बर ५ स्थित बाबा जगदिश्वर पेट्रोल पम्पबाट प्रमुख वाचिका सहित श्रदालु भक्तजनहरुको सहभागीतामा ५०८ पुर्ण कलश शोभा यात्रा, बाजागाजा झाँकी तथा विशेष र्यालीको शुभारम्भ गरी भण्डारा बजार हुँदै लक्ष्मीनारायण चोक, रेडक्रस चोकबाट दक्षिणतर्फ बेलुवा हुँदै जय हरिर्कितन मण्डप पुगि महायज्ञ स्थलमा कलश स्थापना गरिने मुल आयोजनक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस