धार्मिक संस्थाहरूद्वारा पशुपति क्षेत्रमा दीप प्रज्वलन र सूक्त पाठ
OmkarKhabar
भदौ, २३,काठमाडौ । भाद्र १० को भोटेनदी रसुवाको प्रलयकारी जलप्रकोपबाट देहमुक्त भएका आत्माहरूको उद्धारको कामना गर्दै विश्व हिन्दु महासंघ लगायत धर्मिक संघसंस्थाहरूले राष्ट्रदेव पशुपतिनाथ मन्दिरपूर्व वाग्मती तटमा श्रद्धाञ्जलि अनुष्ठान आयोजना गरेका छन् । कार्यक्रममा दिवंगत आत्माको उत्तम गतिको कामनासहित श्रीमद्भागवत पुराणका सूक्त, पुरुषसूक्त, रुद्रसूक्त, श्रीमद्भगवद् गीता, विष्णु सहस्रनाम स्तोत्र, रुद्राष्टकं , महामृत्युञ्जयस्तोत्र, हरिनाम महामन्त्र लगायत पाठ र संकीर्तन भएकोे थियो । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका सभापति अरुणकुमार पाण्डेको सञ्चालनमा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अस्मिता भण्डारी , राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराई, विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल , ब्राह्मण समाज नेपालका केन्द्रिय उपाध्यक्ष महेश्वर पौडेल, नेपाल ज्योतिष परिषदका वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, पण्डित पुरोहित समाजका संयोजक पण्डित कैलाश दाहाल, दक्षिण यशियाली ज्योतिष महासंघका राष्ट्रिय सभापति ज्यो खिलानाथ काफ्ले , आध्यात्मिक ज्योतिष प्रतिष्ठानका अध्यक्ष ज्यो टेकराज शास्त्री, राष्ट्रिय कथाव्यास समितिका कोषाध्यक्ष पं सुरज पराजुली , श्रीकृष्ण प्रणामी सेवा समितिका महासचिव भोला दाहाल, गौरी आध्यात्मिक पत्रिकाका सम्पादक अर्जुन लामिछाने चन्द्रेश्वर परिवारका संयोजक कृष्णबहादुर कार्की, जोसमनी सन्त संस्थाका आचार्य तुलसी भारद्वाज निरौला, ॐकार परिवार नेपालका विवेक दाहाल लगायतको संस्थागत प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा पूर्व मन्त्री डा कान्ता भट्टराई र पूर्व राजदूत रामभक्त पी भी ठाकुरको समेत उपस्थिति रहेकोे थियो । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रियका सभापति अरुणकुमार पाण्डेको सत्सकल्पमा भाद्र १५ गते बसेको गुगल बैठकले देशभरका सम्पूर्ण धार्मिक संघसंस्थालाई रसुवा बाढीको तेह्रौं दिनमा श्रद्धाञ्जली र मठ मन्दिर गुम्बा तीर्थमा बत्ती बालेर दिवंगत आत्मा शान्तिको कामना गर्न आह्वान गर्ने निर्णय भए अनुसार सार्वजनिक आह्वान गरिएको थियो । तेह्रौं दिनमा राज्यले शोक दिवस घोषणा समेत गरेपछि महासंघको आह्वान अनुसार नेपाल अधिराज्यभर सयौंको संख्यामा श्रद्धाञ्जली कार्यक्रम आयोजना भएका छन् । महासंघको तर्फबाट उपसभापतिहरू महेश्वर पौडेल लेखनाथ न्यौपाने, अर्चना शर्मा , बलराम शिवाकोटी र अम्बरबहादुर के सी, महासचिव उत्तमराज भण्डारी, कोषाध्यक्ष ऋषिराम पोख्रेल र सदस्यहरु अर्चना झा, आचार्य रविन्द्र पराजुली, ज्यो राजीव आचार्य, गुरु लिलानाथ चौलागाईं, मुरारी सुवेदी, मिना सुवेदी, आचार्य सन्तोष न्यौपाने, विनोद पौडेल, पं ॐनाथ गौतम, उद्धव गौतम, पूर्ण खतिवडा, गोविन्दप्रसाद आचार्य, लिलाराज शर्मा, चुडा कोइराला बिमला भण्डारी, सेवकप्रसाद नेपाल, पं शंकर नेपाल, अम्बिका पौडेललगायतको विशेष सक्रियता रहेकोे थियो । कार्यक्रममा एक दर्जन भन्दा बढी आवद्ध संस्थाका पदाधिकारी तथा सदस्यहरू सहित करिव एक हजार जनाको सहभागिता रहेकोे थियो । कार्यक्रममा बति बालेर बाँकी रहेकोे ५० लिटर तेल बाढीपीडित राहतका लागि पठाइने महासचिव उत्तम भण्डारीले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस