सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  शनिवार बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ ।

विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रूपमा अनुगमन गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  शनिवार बिहानदेखि यस वर्षको मनसुन...