सूर्यको पूजा आराधना गरी छठ मनाइदै

काठमाडौँ,३ मङ्सिर । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । 

छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...