डा.योगी बिकाशानन्द गुरुदेव मंसिर १० गते चितवन आउने

चितवन,६ मंसिर । मनोक्रान्ती अभियानता दार्शनिक अध्यात्मिक श्रद्धेय डा.योगी बिकाशानन्द गुरुदेव चितवन आउने भएका छन् । यही मंसिर १० गते चितवन भोजाड धावन पार्टी प्यालेसमा हुन लागेको कार्यक्रममा आउन लागेका हुन् ।

विकाशानन्द फाउन्डेसन विश्व परिवार चितवन शाखाले मनोक्रान्ति आश्रम भोजाडमा पत्रकार सम्मेलनको आयोजना गरी उनी १ दिने सानिध्यमा योग ध्यान साधना तथा हिनोसिस कार्यक्रमका लागि चितवन आउन लागेको जानाकारी गराएको हो ।
कार्यक्रम दिउँसो १ बजेदेखि ५ बजे सम्म हुने छ । गुरुदेवको प्रस्तुतीबाट स्वस्त शरीर, शान्त मन, पारिवारिक प्रेम, सामाजिक सुरक्षा र सच्चारित्र कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारे लाभ लिन सकिने छ ।

मानिसहरु ज्ञान र ध्यानमा लाग्न किन जरुरी छ । यसमा लागेपछी मानिसहरुले आफुहरुले खोजेको शान्ती र आनन्न्द कहाँबाट कसरी पाउन सक्छ भन्ने सो कार्यक्रमबाट प्राप्त गर्न सकिने विकाशानन्द फाउन्डेसन विश्व परिवार चितवनका उपाध्यक्ष उमङ्ग आनन्दले जानकारी दिए ।

मानिसहरु ज्ञानबाट रुपान्तर गरी संसार बदल्नुछ, सुरु आँफैबाट गर्नुछ, सिङो पृथ्वीलाई एक घर बनाउ, सिङो मानवजातीलाई एक परिवार बनाउ भन्ने महान उदेश्य लिएर उक्त संस्था अघी बढिरहेको उनको भनाइ छ ।

सो कार्यक्रममा करिब २ हजार मानिसहरु आउने अनुमान गरिएको संस्थाका अध्यक्ष निर्मला पौडेलले बताईन् । उनले उक्त कार्यक्रममा उपस्थित भई ज्ञान र ध्यान लिन सबैलाई आग्रह गरिन् ।

प्रतिकृया दिनुहोस