स्वर्गीय सापकोटाको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

भरतपुर,२० मंसिर । सामाजिक एवम् धार्मिक व्यक्तित्व स्वर्गीय टिकाकुमारी सापकोटाको सम्झनामा जेष्ठ नागरिक समूह भरतपुर १९ द्वारा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सामाजिक एवम् धार्मिक व्यक्तित्व प्रजापति सापकोटाको श्रीमती टीका कुमारी सापकोटाको यहीँ मंसिर १३ गते भरतपुर वडा नम्बर १९ मा रहेको आफ्नै निवासमा निधन भएको थियो ।


वि.स २००२ साल जेष्ठ २ गते पर्वत जिल्ला साबिक उपल्लो मल्लाज स्वहार भन्ने ठाउँमा जन्मिनु भएको स्व. सापकोटा सामाजिक एवम् धार्मिक व्यक्तित्व तथा विभिन्न संघ-संस्थामा आबद्ध हुनुहुन्थ्यो ।


जेष्ठ नागरिक समुहले आयोजना गरेको श्रद्धाञ्जली सभामा समुहका अध्यक्ष डिल्लीराज सापकोटा र उपाध्यक्ष डाेलराज गैरेले समाबेदना गर्नु भएको थियो यस्तै सभामा सचीव ऋषिराम भन्डारी, सहसचिव नारायण प्रसाद सापकोटा, कोषाध्यक्ष चित्रकान्त अधिकारी लगायत सदस्य र सल्लाहकार समितिका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

स्व. सापकोटाको २ छोरा ७ छोरी रहेका छन् । उहाँको एक छोरा पत्रकार देवि प्रसाद सापकोटा नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस