प्याप्सन उपाध्यक्ष अर्याललाई पितृशोक

गुन्जनगर,२२ मंसिर । प्याप्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्याललाई पितृशोक परेको छ । उहाँको बुबा ज्योतिष रामप्रसाद अर्याल को ८१ बर्षको उमेरमा विहिबार साझँ निधन भएको हो ।
नेपालीको प्रजातान्त्रिक आन्दोलनका योद्धा ,आध्यात्मिक व्याक्तित्व ऊहाँको अन्तेष्टि गर्नु पूर्व विभिन्न संघसंस्थाले पार्थिब शरिरमा आफ्नो झन्डा ओढाईएको छन् । 

कांग्रेस भरतपुर १९ को आयोजनामा निवासमा गुञ्जनगरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरि नेपाली कांग्रेसको चारतारे झन्डा ओढाएको छ ।

नेपाली कांग्रेस भरतपुर १९ का सभापति आसमान तमाङ्ग को अध्यक्षतामा भएको कार्यक्रम चितवनका जिल्ला सभापती राजेश्वर खनाल, पुर्व सभापति तोपमान सिहं गुरुङ, उपसभापति राजिव न्यौपाने ,सचिव सुर्य अर्याल, क्षेत्रीय सभापति लाल वहादुर दवाडी, महासमिति सदस्य बेलबहादुर गुरुङ, प्रदेश सभापति खेमनारायण सापकोटा, वुध सचिव सोम वस्ताकोटी लगायत कांग्रेस चितवनका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।
आज विहान निवासमा नै ब्राह्मण सुसस्कार समाज भरतपुर १९ ले पनि ॐकारको झन्डा ढाएको छ । समाजका अध्यक्ष हेमलाल वस्ताकोटी, उपाध्यक्ष मित्र सुवेदी, सचिव कृष्ण खरेल, सहसचिव ठाकुर ढकाल लगायतकाले उहाँको पार्थिव शरिरमा ॐकारको झन्डा ओढाऊनु भएको थियो । स्वर्गीय अर्याल २०३३ सालमा तत्कालिन भिमाद गाउँ पन्चायत वडा न ९ तनहुँका वडाध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा साविक गुन्जनगर गाउँ विकाश समिती वडा नः १ चितवनका वडा सदस्य निर्वाचित हुनुहुन्थ्यो । नेपाली काग्रेस भरतपुर महानगर पालिका वडा नः १९ का क्रियाशिल सदस्य समेत रहनुभएको उहाँ जनप्रिय पव्लीक स्कुल भरतपुर १९ का संस्थापक सदस्य हुनुहुन्थ्यो । उहाँको आजनै पुण्यभूमि देवघाटधाममा दाहसंस्कार गरिएको छ ।
दाहसंस्कारका क्रममा बाग्मती प्रदेश सभा सदस्य विनु रायमाझी पौडेल ,प्याप्सन का केन्द्रीय सल्लाहकार मोहन लामा, चितवन जिल्ला सचिव मदन पुरी ,महानगर प्याप्सान सचिव मिनराज वस्ताकोटाी लगायत शैक्षिक संस्थाहरु का प्रतिनिधि, प्याव्सन अन्तर्र्गत विद्यालयका प्राचार्यहरु तथा प्रतिनिधीहरु, शिक्षक संघ संगठनका प्रतिनिधीहरु ,लगायत विभिन्न पार्टीका विभिन्न तहका व्यक्तित्वहरु सहित सामाजिक तथा धार्मिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
 
स्वर्गीय अर्यालको एक धर्मपत्नी, ५ छोरा र एक छोरी हुनुहुन्छ । लामोसमय देखि मधुमेह र मुटुको विरामी उहाँको उपचारको क्रममा हिजो विहिवार भरतपुर अस्पतालमा निधन भएको हो ।

प्रतिकृया दिनुहोस