स्वर्गीय सापकोटाको १२ औ दिनको पुण्य तिथीमा राप्रपाद्धारा श्रद्धाञ्जली सभा सम्पन्न

चितवन । पुर्व मन्त्री चितवन क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य एव राप्रपा का केन्द्रिय उपाध्यक्ष, धार्मिक व्याक्तित्व विक्रम पान्डेले आइतवार धार्मिक तथा आध्यात्मिक व्याक्तित्व प्रजापति सापकोटा ज्युको धर्मपत्नी  टिका कुमारी सापकोटा दिवगत हुनुभएको १२ औ दिनको पुण्य तिथीका दिन निवास भरतपुर १९ गुुञ्जनगरमा नै पुगेर श्रद्धान्जली अर्पण गर्नुभएको छ ।

सो क्रममा बाग्मती प्रदेशसभाका पूर्व सदस्य, राप्रपाका केन्द्रिय सहमहामन्त्री रिना गुरुङ, राप्रपा महामन्त्री शरदराज पाठक , जिल्ला अध्यक्ष रुद्ध प्रसाद ढकाल, जिल्ला उपाध्यक्ष जिवलाल पुरी, जिल्ला सचिव दिनेश अधिकाररी, राप्रपा नेता जगदिश्वर अधिकारी, राम विक्रम ठकुरी लगायतका नेता तथा कार्यक्रता हरु उपस्थित हुनुभएको थियो । स्व टिका कुमारीको गत मसिर १३ गते निवासमा नै निधन भएको थियो ।

यसै गरि आइतवार नै मन्त्री पान्डे राजनितिक एव सामाजिक व्याक्तित्व रा प्रसाद अर्याल दिवगत हुनुभएको चौथो दिनको पुण्य तिथिका दिन निवास गुञ्जनगरमा नै पुगेर श्रद्धान्जली अर्पर्ण गर्नुभएको छ । स्वर्गीय  अर्याल    २०३३ सालमा तत्कालिन भिमाद गाउँ पन्चायत वडा  न ९  तनहुँका  वडाध्यक्ष  हुनुहुन्थ्यो । यसैगरी उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा  साविक गुन्जनगर गाउँ विकाश समिती वडा नः१ चितवनका वडा सदस्य, निर्वाचित हुनुहुन्थ्यो ।  स्वर्गीय अर्यालको एक धर्मपत्नी , ५ छोरा र एक छोरी   हुनुहुन्छ ।  लामोसमय देखि मधुमेह ,र मुटुको विरामी उहाँको  उपचारको क्रममा भरतपुर अस्पतालमा निधन भएको हो

प्रतिकृया दिनुहोस