स्वर्गीय सापकोटाको १२ औ दिनको पुण्य तिथीमा राप्रपाद्धारा श्रद्धाञ्जली सभा सम्पन्न

चितवन । पुर्व मन्त्री चितवन क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य एव राप्रपा का केन्द्रिय उपाध्यक्ष, धार्मिक व्याक्तित्व विक्रम पान्डेले आइतवार धार्मिक तथा आध्यात्मिक व्याक्तित्व प्रजापति सापकोटा ज्युको धर्मपत्नी  टिका कुमारी सापकोटा दिवगत हुनुभएको १२ औ दिनको पुण्य तिथीका दिन निवास भरतपुर १९ गुुञ्जनगरमा नै पुगेर श्रद्धान्जली अर्पण गर्नुभएको छ ।

सो क्रममा बाग्मती प्रदेशसभाका पूर्व सदस्य, राप्रपाका केन्द्रिय सहमहामन्त्री रिना गुरुङ, राप्रपा महामन्त्री शरदराज पाठक , जिल्ला अध्यक्ष रुद्ध प्रसाद ढकाल, जिल्ला उपाध्यक्ष जिवलाल पुरी, जिल्ला सचिव दिनेश अधिकाररी, राप्रपा नेता जगदिश्वर अधिकारी, राम विक्रम ठकुरी लगायतका नेता तथा कार्यक्रता हरु उपस्थित हुनुभएको थियो । स्व टिका कुमारीको गत मसिर १३ गते निवासमा नै निधन भएको थियो ।

यसै गरि आइतवार नै मन्त्री पान्डे राजनितिक एव सामाजिक व्याक्तित्व रा प्रसाद अर्याल दिवगत हुनुभएको चौथो दिनको पुण्य तिथिका दिन निवास गुञ्जनगरमा नै पुगेर श्रद्धान्जली अर्पर्ण गर्नुभएको छ । स्वर्गीय  अर्याल    २०३३ सालमा तत्कालिन भिमाद गाउँ पन्चायत वडा  न ९  तनहुँका  वडाध्यक्ष  हुनुहुन्थ्यो । यसैगरी उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा  साविक गुन्जनगर गाउँ विकाश समिती वडा नः१ चितवनका वडा सदस्य, निर्वाचित हुनुहुन्थ्यो ।  स्वर्गीय अर्यालको एक धर्मपत्नी , ५ छोरा र एक छोरी   हुनुहुन्छ ।  लामोसमय देखि मधुमेह ,र मुटुको विरामी उहाँको  उपचारको क्रममा भरतपुर अस्पतालमा निधन भएको हो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...