प्याप्सन चितवनको श्रद्धान्जली सभा सम्पन्न

गुञ्जनगर,२६ मंसिर । प्याप्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्यालको बुबा ज्योतिष रामप्रसाद अर्याल  दिवगत हुनुभएको ५ औ पुण्य तिथीका दिन प्यासन चितवन सगँ आवद्ध विभिन्न सस्थाले श्रद्धान्जली सभा आयोजना गरेका छन् ।

उहाँको निवास भरतपुर १९ मा सोमवार आयोजित सो सभामा प्याप्सन चितवन, प्याप्सन भरतपुरमहानगर समिति, रत्नगर प्याप्सन रत्नगर नगरसमिति र ईच्छाकामना गाउँ समितिले सयुक्त रुपमा सो सभा आयोजना गरेका हुन् । सो  क्रममा प्याप्सन चितवनका वरिष्ठ सल्लाहकार एव् पूर्व केन्द्रिय सदस्य बेल बहादुर गुरुग सभा अध्यक्षतामा भएको सो कार्यक्रममा  प्याप्सन महानगरका कार्यवाहक अध्यक्ष इन्द्रेस शाह, रत्नगरका प्याप्सन अध्यक्ष पशुपति उपाध्याय, इच्छाकामना अध्यक्ष टंक त्रीपाठी, प्याप्सन केन्द्रिय सदस्य धन प्रसद रेग्मी र कालिकानगर समिति लगायतले शोक मन्तव्य सहित समवेदना पत्र परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्याप्सन चितवनका सचिव मदन पुरीले सहजीकरण गर्नुभएको सो कार्यक्रम जिल्ला अध्यक्ष किर्ती निधि अर्यालले परिवारका तर्फबाट सबैलाई आभार प्रकट गर्नुभएको थियो । स्व अर्यालको यही मसिर २१ गते निधन भएको थियो ।

उहाँको श्रीमती, १ छोरी र ५ छोरा रहेका छन् । स्थानिय सरकारको पूर्व वडा अध्यक्ष, सदस्य समेत स्र्वगीर्य अर्याल २ वर्ष गणित विषय अध्यापन पनि गराउनु भएको थियो । उहाँ पश्चिम चितवनमा रहेको जनप्रिय पब्लिक स्कुलमा सस्थापक समेत हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस