चनौलीका पौडेल अनेसास जापानको अध्यक्षमा निर्वाचित

चितवन,२७ मंसिर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको १३ औँ अधिवेशन तथा ६७ औँ नियमित साहित्य शृङ्खला टोकियोमा आईतबार एक समारोहका बिच सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत महामहिम डाक्टर दुर्गाबहादुर सुवेदी क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले २०२३ देखि २०२५ का लागि चनौलीका अरुण पौडेल अनेसास जापानको अध्यक्षमा निर्वाचित भएका छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा आनन्द अधिकारी सहित उपाध्यक्षमा दीपा घिमिरे र शरद पोख्रेल रहेका छन् । महासचिवमा अनिलकुमार निर्दोष निर्वाचित भए भने कोषाध्यक्षमा मञ्जु गिरी वन र सहकोषाध्यक्षमा सरिता चौधरी निर्वाचित भएका छन् । सचिवमा केबी पारखी, मनोज मौसम केसी र संगिता कुवँरलाई निर्वाचित गरिएको छ भने सदस्यहरूमा नारायण पोख्रेल, सरोज घिमिरे, बिनिशा सापकोटा, सुरज हुक्पा चोङ्वाङ, भगवती क्षेत्री, सुविन न्यौपाने, यमलाल कँडेल, केशव ज्ञवाली, प्रेम पौडेल निर्वाचित भएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको १३ औँ अधिवेशनबाट अध्यक्ष मा अरुण पौडेल  निर्विरोध निर्वाचित भएका छन्।  उनी पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-२० निवासी हुन् । राष्ट्रिय  निम्न माध्यमिक माध्यमिक विध्यालय रातापुर , भीमनगर उच्च माध्यमिक विध्यालय र शाहिदस्मारक कलेज शारदानगरमा अध्यनगरेका उनी १० वर्षदेखि जापानमा रहेर रोजगारीसँगै नेपाली भाषा, साहित्यको संरक्षण र सम्बर्द्धनमा क्रियाशील छन् । उनका `बाडुल्की र यादहरू´ मुक्तकसङ्ग्रह (२०७२) र स्ताटससङ्ग्रह (२०७५) गरी दुईवटा पुस्तक प्रकाशित छन् । पौडेल चितवन साहित्य परिषद् नेपाल मुक्तक प्रतिष्ठान सगँ पनि आवद्ध छन्। अध्यक्षमा निर्वाचित भएसगै उनले नेपाली साहित्य क्षेत्रको प्रवर्द्धनमा टेवा दिने बताए ।

प्रतिकृया दिनुहोस