स्वर्गीय अर्यालको ७ औ दिनको पुण्य तिथिमा विभिन्न संघ संस्थाद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

भरतपुर,२७ मंसिर । राजनितिक एबम् सामाजिक व्यक्तित्व स्वर्गीय राम प्रसाद अर्याल दिंवगत हुनुभएको ७ औ दिनको पुण्य तिथिमा विभिन्न संघ संस्थाले बुधबार श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

चित्रवन सामुहिक कोष भरतपुर महानगरपालिका १८, पबित्र आर्थिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नमो बुद्ध टाेल विकास संस्था, राइनो ल्याण्ड पार्टी प्यालेस प्रा. लि,श्री परमानन्द स्मृति वैदिक विद्याभवन 'गुरुकुल' र बखान बहुउदेश्य सहकारी संस्था लिमिटेड ले स्वर्गीय अर्यालको निवास गुन्जनगरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्वर्गीय  अर्याल २०३३ सालमा तत्कालिन भिमाद गाउँ पन्चायत वडा  न ९ तनहुँका  वडाध्यक्ष  हुनुहुन्थ्यो । यसैगरी उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा  साविक गुन्जनगर गाउँ विकाश समिती वडा नः१ चितवनका वडा सदस्य, निर्वाचित हुनुहुन्थ्यो । स्वर्गीय अर्यालको एक धर्मपत्नी , ५ छोरा र एक छोरी हुनुहुन्छ । लामोसमय देखि मधुमेह ,र मुटुको विरामी उहाँको उपचारको क्रममा भरतपुर अस्पतालमा निधन भएको हो ।

प्रतिकृया दिनुहोस