‘असुरक्षित गर्भपतन गराउँदा ज्यान जोखिममा पर्न सक्छ’

महेन्द्रनगर,२८ मंसिर । कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निः शुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९/८० मा कञ्चनपुरमा दुई हजार पाँच सय २२ जना महिलाले यो सेवा लिएको बताउनुभयो । कञ्चनपुर प्रहरीले पनि केही समयता अवैध गर्भपतनलगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका मेडिकल बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको वृद्धि भएको हो । 

स्वास्थ्य कार्यालय कञ्चनपुरमा अनुसार चालु आर्थिक वर्षको हालसम्म यहाँ आठ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । “मासिक दुई सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको देखिन्छ ।” सूचना अधिकृत कार्कीले भन्नुभयो “कञ्चनपुरमा पनि प्रादेशिक अस्पतालदेखि सरकारी केही स्वास्थ्य संस्थामा यो सेवा तोकिएको छ ।”

त्यसै गरी नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालय प्रमुख उद्धव भट्टले पनि पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताउनुभयो । “पहिले निश्चित ठाउँमा भएका बेला परिवार नियोजन सङ्घमा मासिक एक सयभन्दा बढी सेवाग्राही पुग्थे ।” उहाँले भन्नुभयो“ हामी कहाँ औषधि र औजार विधिबाट यो सेवा प्रवाह गरिरहेका छौँ ।”

उहाँले मासिक ३५ देखि ४० सेवाग्राही सेवा लिन आउने गरेको जनाउँदै आउनेमध्ये अधिकांशले औषधिविधि रोज्ने गरेको जानकारी दिनुभयो । कञ्चनपुरमा सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ । स्वास्थ्य कार्यालयले भने शत प्रतिशत सेवा ग्राही अझै सरकारी स्वास्थ्य संस्थामा आइनसकेको बताउनुभयो । “अझै पनि लुकिछिपी अवैधरुपमा मेडिकल र भारतमा गएर पनि गर्भपतन गराउने रहेको बुझिन्छ ।” सूचना अधिकृत कार्कीले भन्नुभयो,“अवैध तरिका अपनाउँदा ज्यान जोखिममा पर्न पनि सक्छ ।” रासस  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

वागीश्वरीधाम नरहरिनाथ आश्रममा पोखरेलको नेतृत्व

वागीश्वरी, चितवन ,२४ श्रावण । भरतपुर १ देवद्धार देवघाटधामा रहेको श्री बागीश्वरी आध्यात्मिक परिषद्...