चनौलीमा छोरीहरुले कपाल मुन्डन गरी गर्दैछन् आमाको काजक्रिया

चनौली,३० मंसिर । पश्चिम चितवन भरतपुर २० निवासी पदम बहादुर रानाभाटका ५ जना छोरीहरुले आफ्नो आमा ज्ञानुमाया रानाभाटको काजक्रिया गरेका छन् ।
 
उनको विवाहित माईली छोरी मालती रानाभाट सहित अन्य ३ छोरीहरु चन्द्रा,नेत्रमाया र रितु रानाभाटले कपाल नै मुन्डन गरेर आमाको क्रिया बसेका हुन् । ब्रेन ट्युमरको विरामी आमाको उपचारमा रातदिन खटेर सेवा गरेको आमाको मृत्यु पश्चात पनि क्रियाकर्म गरि जन्मदिने आमाको कतव्य पुरा गर्न आफूहरुले आमाको क्रिया गर्ने निणर्य गरेको उनीहरुले बताए । ज्ञानुमायाका ५१ बर्षको उमेरमा यही मङ्सिर २७ निधन भएको थियो ।
उनका ६ जना छोरीहरु मध्ये जेठी छोरी डालीमाया अशक्त छिन् भने साईली छोरी मैनाले सानो बच्चाको कारण ठाडो क्रिया गरेकिछिन् । उनीहरुले समाज रुपान्तरण कार्य गरेको भन्दै हिजो कांग्रेस केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ, सविधान सभा सदस्य विष्णु माया परिवार, पार्टी सभापति राजेश्वर खनाल लगायतका नेता तथा कार्यक्रता उनीहरुलाई निवासमा नै पुगेर समवेदना प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस