सुर्य के हो ? पुसको आइतबार सूर्य पूजा किन गर्ने,कसले गरेको थियो ? पूजा गरेर के फल प्राप्त हुन्छ ?

काठमाडौँ,३० मंसिर । मिती २०८० साल पुस १ गते आइतबार मार्गशीर्ष शुक्लपक्ष पंचमी तिथी राती ८ / ०८ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ हुनाले यो दिन हिन्दुधर्म परम्परा अनुसार पौष महिनालाई सूर्य देवताको महिना मानिन्छ ।
 
यस महिनामा सूर्यको दर्शन पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्यान्हमा सूर्यदेवको विशेष पूजा गरी करबीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ र सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा खट्टे घिउ, चिनी आदि चढाइन्छ ।सर्वप्रथम भगवान नारायणबाट ब्रह्माजी अविर्भाव हुनुभयो।
 
ब्रह्माजीको मनबाट मरिचिऋषि,मरिचिको पुत्र कश्यपऋषि कश्यपको धर्मपत्नी अदितिबाट विवस्वान् {सूर्य }को जन्म भएको हो।सूर्य सर्वप्रथम मृत {अचेतन }अण्डमा बस्नुभएकोले उहाँलाई मार्त्तण्ड भनिन्छ। त्यसपछी नारायण भगवान मृत अण्डमा प्रवेशगरि हिरण्यमय {ज्योतिर्मय }ब्रह्माण्डबाट प्रकट हुनुभएकोले उहाँलाई सूर्यनारायण ,हिरण्यगर्भ भनिन्छ।
 
देवतिर्यङ्मनुष्याणां सरिसृपमृगवीरुधाम।
सर्वजीवनिकायानां सूर्य आत्मा दृगीश्वर ://
 
अर्थात् सूर्य देवता ,तिर्यक ,मनुष्य ,सरीसृप ,,लता -रुखहरुआदि जीवसमूहको आत्मा र आँखाको अधिष्ठाता हुनुहुन्छ। सूर्य भनेको प्रत्यक्ष देवता हुनुहुन्छ।किनकि अरु देवताहरुलाई बाहिरी आँखाले देख्न सकिन्न। तर श्री सूर्य भगवानलाई देख्न सकिन्छ।फेरि सूर्य "नारायण"को स्वरूप हुनुहुन्छ।किनकि उहाँलाई सूर्यनारायण भन्ने गरिन्छ।
 
नारायणको स्वरुप भएको हुनाले हामीहरु उहाँलाई पूजा गर्दछौं। नौं ग्रह मध्ये सूर्य माझमा निवास गर्ने भएकोले उहाँलाई अधिपति{प्रमुख मालिक } मानिन्छ।भगवान सूर्यले आफ्नु ताप र प्रकाशले अन्धकारलाई स्वतश्फुर्त नाशगरी तिनैलोक स्वर्ग ,मर्त्य ,पाताल तताएर प्रकाशित गर्नुहुन्छ।
 
उहाँको ज्योतिर्मय रथले सवै ठाउँमा घुम्नु हुन्छ। बस्ने ठाउँ छत्तिस लाख योजन लामो र नौं लाख योजन चौंडाई छ। यसको जुवा छत्तिस लाख योजन लामो छ। सूर्य भगवानको अरुण नामको सारथिले गायत्रीको सातछन्द नामवाला सात घोडा जोतेर श्री सूर्यनारायणलाई लिएर संसार परिभ्रवण गर्दा बुढीऔंला बराबरको ओजस्वी ,तेजस्वी वालखिल्यादि साठी हजार ऋषिहरुले स्वस्तिवाचन गर्नुहुन्छ।कसरी पूजा गर्नुपर्दछ भन्दा कालरूपधारी भगवान सूर्य लोकको व्यवहार ठिक - ठिक चलाउनकोलागि चैत्रादि बाह्र महिनामा क्रमस:१२ वटानाम धाता ,अर्यमा ,मित्र ,वरुण ,इन्द्र ,विवस्वान् ,त्वष्टा,विष्णु ,अंशु ,भग ,पूषा ,पर्जन्य नामले प्रवेशगर्दा ऋषिहरुले सूर्यसम्वन्धि ऋग्वेद ,यजुर्वेद र सामवेदको मन्त्रद्वारा उहाँको स्तुति गर्नुहुन्छ। त्यहीबेला गन्धर्व उहाँको सुयशको गान गर्दैगर्दा अगाडी - अगाडी अप्सराहरु नृत्य गर्दै हिड्नुहुन्छ।
 
उहाँको पूजा षोडोशोपचारले आँकको ,कुशको ,शमिको ,करवीरको ,रातो कमलको फूलद्वारा जसले गर्दछ भने उसलाई धर्म ,अर्थ ,काम र मोक्ष मिल्ने गर्दछ। यो पृथ्वीमा जो पतित र जुठोखाने मानिस समेत सूर्यको किरणको स्पर्शले पवित्र हुन्छ।यदि आइतबार सूर्यको संक्रान्ति तथा शुल्कपक्षको सप्तमी पर्योभाने त्यो दिन गरेको पूजा ,व्रत ,जप अक्षय हुनेछ। जसले "आदित्याय बिध्महे भास्कराय धिमहि तन्नो भानु :प्रचोदयात् "भनि सूर्यको गायत्री जपी पूजा,जप ,स्तुति ,मुद्रा , अञ्जलिले नमस्कार र धेनु मुद्राद्वारा ॐ इन्द्राय नम : स्वाहा ,ॐ विष्णवे नम :भनि हवन र जप गर्दछ भने उसले सायुज्य मुक्ति प्राप्त गर्दछ।
 
के फल प्राप्त हुन्छ भन्दा जसले उदाउँदा ब्रह्मा ,मध्यान्नमा महेश्वर ,अस्ताउँदा विष्णु भनि पूजा र नमस्कार गर्दछ भने उसले चाहेको फल प्राप्त गर्दछ।रोग निको हुने गर्दछ। जो चाण्डाल ,पतित ,कोढी ,महापातकी ,दुखि ,दरिद्र ,शोकग्रस्त छ। उसले सूर्यको दर्शन र पूजागर्नाले सवै रोग हटेर आफ्नु पापबाट मुक्त हुनेछ। ब्रह्माजीले पनि सूर्यभगवानको स्तुति गाउनु भएको थियो भने हामी मनुष्यहरुले त नगाउने कुरै भएन।त्यसैले गोकर्ण ,वालखिल्य ऋषि ,शत्राजितआदिले पनि सूर्यको उपासना र स्तुति गाउनु भएको थियो।जसले गाउँदछ ,उसले भुक्ति र मुक्ति प्राप्त गर्दछ।
 
कर्मपात्र (तामाको थाली) मा पानी राखेर पानीमा सूर्यको दर्शन गरिन्छ भने धेरै भक्तजनहरूले हातका औँलाबाट विशेष आकार बनाई सूर्य दर्शन गर्दछन् ।पौष महिनाभरि सूर्यको स्तोत्र, महिमा, प्रवचन आदि श्रवण एवं पाठ गर्नु उत्तम मानिन्छ ।
धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता भोजन खानु हुँदैन ।
 
दक्ष प्रजापतिकी छोरी रूपा सर्वकी पत्नी हुन् । यम र यमुना यिनैका सन्तान हुन् रक्त चन्दन र करवीरको पुष्पले सूर्यको पूजा गर्नुपर्दछ । यी दुवै वस्तु सूर्यका प्रिय छन् ।सूर्यको तेज सहन नसकी पलायन भएकी आफ्नी पत्नी रूपालाई प्राप्त गर्न सूर्यदेव उनको तपस्या स्थल उत्तर कुरु देश गए। त्यहीं सप्तमी तिथिमा दुवैको मिलन भएको हुँदा पनि सप्तमी सूर्यको प्रिय तिथि हो।जो व्यक्ति पञ्चमी तिथिमा एक छाक शुद्ध भोजन गरी षष्ठीको दिनमा उपवास गर्दछ र सप्तमीको दिनमा उपवास गरी विविध शाक पदार्थ भगवान् सूर्यलाई अर्पण गरेर ब्राह्मणलाई दान गर्दछ र रात्रिमा मौन रही भोजन गर्दछ उसलाई असीम पुण्य प्राप्त हुन्छ ।
 
आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ ।
यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ ।
 
आइतबारको दिनमा सूर्य अर्घ्य मन्त्र–
ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरः।।

प्रतिकृया दिनुहोस