लायन्स क्लब अफ चितवन मर्सी राईजद्धारा गौ ग्रास तथा खाध्यान्न वितरण

चितवन,४ पुस । लायन्स क्लब अफ चितवन मर्सी राईजले आज योगी नरहरिनाथ वागीश्वरी आध्यात्मिक परिषदमा रहेका योगी नरहरिनाथ गौ संरक्षण केन्द्रलाई गौ ग्रास तथा संस्कृत गुरुकुलका बटुकहरुलाई खाध्यान्न वितरण  गरेको छ।

मानव सेवा नै माधब सेवा हो भन्ने नाराका साथ बुधबार एक कार्यक्रम बिच क्लबले गुरुकुलका बटुक हरुलाई खाध्यान्न प्रदान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि  क्लवका सकेन्ड भिडिजि ऐमजेऐफ नबराज सापकोटा, डिष्ट्रिक्ट एजुकेटिफ चिफ ऐमजेऐफ माधब प्रसाद पौडेल, कलष्टर ५ का कलष्टर चिफ एमजेफ  लायन पुरन थापा, योगी नरहरिनाथ वागिश्वरी आध्यात्मिक परिषद्का केन्द्रिय प्रमुख संरक्षक योगी  श्रीषनाथ, संरक्षक बलभद्र महाराज, शान्त प्रशाद पोखरेल, गौ संरक्षण केन्द्र का संयोजक  नबराज ढकाल र कल्बका सदस्यको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी  सापकोटाले गौ संरक्षण अभियान एक उत्कृष्ट सेवा भएकोले नेपालका लायन्स क्लवले यो अभियानमा सहयोग गर्ने बचनबद्दता ब्यक्त गर्नुभएको थियो ।

यस्तै क्लबका अध्यक्ष लायन बिनिता केसीको अध्यक्षतामा भएको कार्यक्रममा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका संयोजक ढकाळे सहयोग गर्नु भएकोमा आभार ब्यक्त गर्नु हुदै गौ संरक्षण अभियानमा सम्पूर्णलाई लाग्न अनुरोध समेत गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस