रहेनन् प्रजातन्त्र सेनानी पौडेल

चितवन,९ पुस । प्रजातन्त्र सेनानी गुरुदत्त पौडेलको निधन भएको छ । स्वर्गीय पौडेलको ८२ वर्षको उमेरमा भरतपुर महानगरपालिका २६ खदरौलीको आफ्नै निवासमा सोमबार निधन भएको हो ।

 बि.स १९८८ साल फागुन २३ गते साबिक धवलागिरि अञ्चल पर्वत जिल्ला हालको कुस्मा नगरपालिका वडा नम्बर ८ मा जन्मिनु भएको उहाँ को बाल्यकाल सुख सयल साथ बितेको थियो । उहाँले प्रारम्भिक शिक्षा आफ्नै बाबु बाट र विशेष शिक्षा पण्डित मोतीलाल शर्माबाट ज्योतिष अध्ययन गर्नु भएको थियो ।

सानै उमेर देखि अत्यन्त सरल, मिजासिलो गुण भएको उहाँ समाज सेवा र राजनीतिक क्षेत्रमा निकै रुचि राख्नु हुने उहाँ २०२० सालमा स-परिवार चितवन बसाई सराइ गरी आउनु भएको उहाँ २०३९ सालदेखि लगातार ३ कार्यकाल तत्कालीन दिब्यनगर गाउँ पञ्चायतको प्रधानपञ्च र दिब्यनगर गा.बि.सको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यस्तै २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, २०४२ सालको सत्याग्रह आन्दोलनमा समेत स्वर्गीय पौडेलले नेतृत्वदायी भूमिका खेल्नु भएको थियो । साथै २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा समेत सक्रिय सहभागिता जनाउनु भएको थियो । स्वर्गीय पौडेलले दिब्यनगर खदरौली स्थित महाकाली भगवती मन्दिरको स्थापना काल देखी मन्दिर व्यवस्थापन र गुठी दर्तामा विशेष योगदान गर्दै आउनु भएको थियो । 

स्वर्गीय पौडेलको आजनै पुण्यभूमि देवघाटधाममा दाहसंस्कार गरिएको छ । दाहसंस्कारका क्रममा बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी लगाएत काग्रेस पार्टीका विभिन्न तहका व्यक्तित्वहरु सहित सामाजिक तथा धार्मिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । स्वर्गीय पौडेलको ४ छोरा ४ छोरी हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस