अर्याल बन्धु समाजको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः जनक बन्धु अर्याल निर्वाचित

भरतपुर,१० पुस । चितवनमा अर्याल बन्धु समाजको १७ औ साधारण सभा तथा ५ औ अधिवेशन एवम् कुल पुजा सम्पन्न भएको छ ।

भरतपुर ११ जखडी माई टोलमा भएको अर्याल कुल मन्दिर परिसरमा मङ्गलवार भएको साधारण सभा जनक बन्धु अर्याल पुनः निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा राजेन्द्र प्रसाद अर्याल, सचिवमा कमला अर्याल, सहसचिवमा शम्भु प्रसाद अर्याल, कोषाध्यक्षमा ऋतुराज अर्याल, सदस्यहरूमा तिर्था अर्याल, नीराजन अर्याल, महाशर्मा अर्याल, नेत्रप्रसाद अर्याल, प्रदीप अर्याल, विश्वराज अर्याल, बाबुराम अर्याल निर्वाचन हुनुभएको भएको छ भने बाकी १ जना मनोनयन गर्ने गरी १३ सदस्यीय कार्यसमिति बनेको छ । डी.एल.ए का पूर्व अध्यक्ष अधिवक्ता विष्णुप्रसाद अर्याल निर्वाचन आयुक्त रहनु भएको थियो ।

अध्यक्षमा निर्वाचित भए सँगै जनक बन्धु अर्यालले आफुलाइ २ वर्ष फेरी अध्यक्ष पद पुन निर्वाचित गराउने सम्पुर्ण अर्याल बन्धुलाई धन्यवाद दिँदै संस्थालाई अझै राम्रो बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

साधारण सभा तथा अधिवेशन एवम् कुल पुजा समाजका संस्थापक अध्यक्ष धुव्रराज शर्मा अर्यालको प्रमुख आतिथ्य, गोविन्द अर्यालको विशिष्ट आतिथ्य, विष्णुमाया अर्याल, लक्ष्मण अर्याल लगायतको आतिथ्य एवम् समाजका अध्यक्ष जनकबन्धु अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोटिहोम एकैसाथ १ हजार ८ कन्याको पुजन गरिदै

भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा भोलि (शनिबार) एक हजार भन्दा बढी ...