घर वरिपरि पिपलको बोट हुनु राम्रो कि नराम्रो ?

काठमाडौँ,११ पुस । घर वरिपरि विभिन्न थरीका बोट बिरुवा लगाउन सबैलाई मन पर्छ । बोटबिरुवाले घर वरिपरिको वातावरण सुन्दर बनाउन मद्दत गर्छ ।

वास्तुशास्त्र अनुसार सकारात्मक ऊर्जा कायम राख्न विभिन्न बोटबिरुवाको महत्वपूर्ण भूमिका हुन्छ । तर कुनै बोटबिरुवा घर वरिपरि लगाउनु राम्रो मानिएको छैन ।

घर वरिपरि पिपलको रूख भएमा घरको सुखशान्ति र समृद्धिका लागि हानिकारक मानिएको छ । वास्तुशास्त्रमा घरको छेउमा पिपलको बोट रोप्नुलाई शुभ मानिएको छैन । तर पिपललाई धार्मिक दृष्टिकोणले अत्यन्तै शुभ मानिन्छ र पीपल पूजनीय वृक्ष हो ।हरेक शनिबार पिपलको बोटमा पानी चढाउँदा शुभ फल मिल्ने, परिवारमा सुखशान्ति प्राप्त हुने मान्यता छ ।

घर वरिपरि पिपलको बोट हुँदा घरमा अशान्ति, बारम्बार चोटपटक लाग्ने मान्यता छ ।
पिपलको बोटमा रातको समय कुल, पितृ, भूत, प्रेत, शनि राहु र केतुको बास हुन्छ भने दिनमा भगवान विष्णु र बिभिन्न देवीदेवताको बास हुन्छ भनिएको छ ।

प्रतिकृया दिनुहोस