औंसी(गया) श्राद्ध सम्वन्धी जानकारी !

काठमाडौं,२५ पुस । मिति २०८० साल पुस २६ गते विहिबार पौषेगया औंसी तिथी साँझ ६ / ०९ बजेसम्म त्यस उप्रान्त पौषशुक्लपक्ष प्रतिपदा तिथी आरम्भ भएको हुनाले ,यो दिन गया, वेत्रावती ,बराह क्षेत्र ,गोकर्ण आदि स्थानमा पौषे गया ,स्नानदानादि,गयामौनी औंसी । गोकर्णमा पितृश्राद्धको महिमाः गोकर्ण क्षेत्रको महान उत्तरगया महाक्षेत्र एवम् पितामहमहातीर्थका रूपमा आदिकालदेखि नै रहादै आएको विश्वास गरिन्छ।

त्यसमा पनि विशेष गरेर औंसीमा उत्तरगया गोकर्ण पितृतीर्थमा जसले श्राद्ध गरी पिण्डदानसमेत गर्दछ त्यसले मातृकुल, पितृकुल, बन्धु-ससुराली कुलादि सय कुलको उद्धार गरी स्वयम् पनि पितृलोकमा बास गर्न पाउाछ भनी भनिएको छ। देवमाला वंशावली, नेपाल माहात्म्यमा र भाषावंशावलीमा गोकर्णको महत्वमाथि प्रकाश पारिएको छ।भारतको काशीको गया गएर श्राद्ध गर्नु र यस उत्तरगयामा गएर श्राद्ध गर्नु उतिकै फलदायी हुन्छ भन्ने विश्वास गरिन्छ।त्यसैले गयाश्राद्ध गर्न भारत जान नसक्नेहरू यहा आएर श्राद्ध गर्ने गर्दछन्।

प्राणीको शरीरमा शिरलाई उत्तमाङ्ग भनिएझै चन्द्रमती, सूर्यमती र वाग्मतीको सङ्गम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी देवाधिदेव भगवान् गोकर्णेश्वर महादेव र भगवान् गदाधरको दर्शन गर्नाले पितृहरू मुक्त हुन्छन्। मृत पिताको सम्झना र शान्तिका लागि ‘गोकर्णेश्वर’को मन्दिरमा गई महादेवको पूजा गरेर मृत पितालाई पिण्डदान गरिने हुदा यो दिन ‘गोकर्णे औसी’को नाउले पनि प्रसिद्ध छ।

गोकर्णे औसीले पिताहरूको स्मरणमा मान सम्मान र मृतात्माको मङ्गलको कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन गोकर्णजस्तो पुत्रको कामना गरेको छ। हिन्दु तीर्थ: भदौ र पौष महिनाको औासी तिथिमा गोकर्णेश्वर महादेव नजीकै पितृको लागि पिण्ड चढाएमा पितृहरूको उद्धार हुन्छ भनी नेपाल माहात्म्यमा भनिएको छ।अर्को नेपाली पुराण हिमवत्खण्डमा गोकर्णेश्वर महादेवको मन्दिर नजीकै उत्तम पितामह -ब्रहृमाजी)को क्षेत्र छ त्यो उत्तरगया महातीर्थ हो।त्यहाँ वाग्मती र चन्द्रभागा नदीको सङ्गम परेको तीर्थमा पिण्डदान गर्नाले २१ पुस्ता पुर्खाको उद्धार हुन्छ भनिएको छ।

हिमवत्खण्डमै यो गोकर्ण तीर्थलाई भारतको प्रख्यात गयाजस्ता दसगया जतिको पवित्र छ भनेर पनि वर्णन गरिएको छ।नेपाल महात्म्यमा गोकर्णेश्वरको वाग्मती तीर्थमा स्नान गर्नाले मनुष्यलाई शिवजीको दिव्य अविनाशी कैलाशधाम प्राप्त हुन्छ भनिएको छ। यो क्षेत्र हिन्दू धर्मावलम्बीहरूको लागि मात्र पवित्र तीर्थस्थल नभएर बौद्धहरूको लागि पनि प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ। ब्राहृमणहरूका लागि नेपाल पशुपतिको देश हो भने बौद्धका लागि नेपाल मत्स्येन्द्रनाथको देश हो नेपालका विभिन्न शैव तीर्थहरू मध्ये गोकर्ण तीर्थ पनि एक महìवपूर्ण र प्रसिद्ध तीर्थस्थल हो।यो गोकर्ण तीर्थ प्राचीन कालदेखि नै हिन्दू र बौद्धहरूको पनि पवित्र तीर्थस्थलका रूपमा रहेको छ।

गोकर्ण तीर्थ हिन्दुहरूका लागि मात्र नभएर बौद्ध महायानीहरूले पनि गोकर्णलाई द्वादश तीर्थहरूमध्ये एक जेठो र पुण्य तीर्थका रूपमा मानेका छन्।गोकर्णेश्वर महादेवलाई अष्टवैतरागमध्ये एक मानेर चौसठ्ठी शिवलिङ्गका रूपमा मानिआएका छन्। बौद्ध महायानीहरूको धार्मिक संस्कृतिक परम्परामा गोकर्ण तीर्थको महत्वमानिने विभिन्न तिथिहरू मानिएका छन्।भाद्रकृष्ण आवास्या तिथिमा गोकर्णेश्वर निकट वाग्मतीको पुण्यतीर्थमा स्नान र श्राद्ध गर्ने ठूलो मेला लाग्दछ।

औसी वास्तवमा हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीहरूका लागि पितृ स्मरण गर्ने महत्वपूर्ण दिवस हो।यस दिन गोकर्ण तीर्थमा हिन्दू तथा बौद्ध दुवै भक्तहरूको पितृलाई श्राद्धतर्पण आदि दिन विशेष भीड लाग्दछ। धार्मिक सहिष्णुतामा विश्वास गर्ने सम्पूर्ण नेपाली चाहे हिन्दू होस् अथवा बौद्बबासि सँगसँगै पूजा गर्ने गर्दछन्।हिन्दुहरू यस मन्दिरमा रहेको लिङ्गलाई महादेव र बौद्धहरू गगनगञ्ज बोधिसत्वको रूपमा पूजाआजा गर्दछन् ।

प्रतिकृया दिनुहोस