स्व.कँडेलको सम्झनामा श्रद्धाञ्जली अर्पण

लंकु,२६ पुस । सामाजिक, राजनीतिक, तथा आध्यात्मिक व्यक्तित्वको रूपमा परिचित सावित्री कँडेल दिवङ्गत हुनुभएको १० औ दिनको पुष्य तिथिका दिन विभिन्न महानुभावहरूले निवास मा नै पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।



धार्मिक नगरी भरतपुर ४ लंकु अद्धेतचोक निवासमा नै पुगेर आज वाग्मती प्रदेशसभा सदस्य द्धय बिनु रायमाझी पौडेल , माया श्रेष्ठ , एनआरएनएका उपमहासचिव सोम सापकोटा, नेपाल महिला सङ्घ अध्यक्ष पार्वती शाह, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया, पतञ्जलि योग महिला समिति चितवनका प्रमुख भवानी सेढाई कँडेल, नेपाली काँग्रेस क्षेत्र ३ का सचिव तुलाराम गुरुगं, महिला सङ्घ क्षेत्रीय सदस्य, विष्णु माया अर्याल, प्रेस युनियन उपाध्यक्ष सिन्धु ढकाल, इन्जिनियर शिष्टता थपलिया लगायत विभिन्न संस्थाका प्रतिनिधि सहित विभिन्न महानुभावहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।



नेपाली काँग्रेस चितवनका पूर्व जिल्ला सदस्य, महिला सङ्घ चितवनका पूर्व कोषाध्यक्ष, पूर्व वडा सदस्य, वैदिक धर्म परिषद् चितवनको संस्थापक सदस्य एव. वर्तमान अध्यक्ष कँडेल दर्जनौ सामाजिक सङ्घसंस्था समेत आबद्ध हुनुहुन्थ्यो । 



हकी स्वभावको उहाँ, चितवनको महिला अधिकारका क्षेत्रमा समेत सशक्त योगखमन दिनुभएको सबैको आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको यही पुस १७ गते ६६ वर्षको उमेरमा निधन भएको थियो । उहाँको श्रीमान्, ४ छोरा र १ छोरी हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस