बोतलको पानीमा हुन सक्छन् लाखौं माइक्रोप्लास्टिक


काठमाडौं,५ माघ । पिउने पानी सफा हुन मानव जीवनको सवैभन्दा जरुरी कुरामध्ये एक हो। यात्राका क्रममा सफा पानी नपाइने ठाउँमा बोतलको पानी प्राप्त गर्ने कोशिस गरिन्छ । 

किनभने हामीलाई लाग्छ- बोतलको पानीमा फोहर हुँदैन । तर यही पानीसँग असंख्या माइक्रोप्लास्टिक अर्थात्  प्लास्टिकका साना कणहरु असंख्य रुपमा घुलेका हुन सक्छन्। 

बीबीसी फ्युचरमा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकाकाको कोलम्बिया युनिभर्सिटीले र रटगर युनिभर्सिटीका शोधकर्ताले बोतलमा रहेको पानीमा अनुमान गरेभन्दा १०० गुणा ज्यादा प्लास्टिक रहेको पाएका छन् । उनीहरुको अनुसन्धानमा भनिएको छ- एक लिटरमा पानीमा करिब साढे दुई लाख प्लास्टिकका कणहरु हुन सक्छन्।

बैज्ञानिकका अनुसार ज्यादातर प्लास्टिकका कण त्यही बोतलबाट घुलेका थिए। एक समस्या पिउने पानीमा माइक्रोप्लास्टिकको रहेको छ भने अर्को यसकव स्वास्थ्यमा असर रहेको छ । 

विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा एक  यस्ता कणहरु मानव शरीरमा प्रवेश गर्दा कस्तो असर पर्छ भन्नेमा रिभ्यु गर्ने कोशिस गरेको थियो। तर सिमित अनुसन्धानकबा कारण निष्कर्ष निकाल्न सकेन। प्लास्टिकको प्रदुषण मानव स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको भन्दै कम गर्न अपिल भने गरेको थियो।

भारतका वरिष्ठ चिकित्सक मनिष सिंहले माइक्रोप्लास्टिकका विषयमा प्रशस्त जानकारी नआएको बताउँदै सावधान रहनुपर्ने बताएका छन्। 

उनले भनेका छन्,  'माइक्रोप्लास्टिकको खतराका विषयमा सिमित अध्ययन बाहिर आएका छन्। केही अध्ययनले हाम्रो इन्डोक्राइन ग्रन्थी (हर्मोन उत्पादन गर्ने ग्रन्थी)मा समस्या ल्याउने देखाएका छन्। भविष्यमा यसको गम्भीर असर पत्ता लाग्न सक्छ । त्यसैले अहिले नै सावधान भने हुन जरुरी छ।'
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोटिहोम एकैसाथ १ हजार ८ कन्याको पुजन गरिदै

भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा भोलि (शनिबार) एक हजार भन्दा बढी ...