अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्विर सार्बजनिक, यसरी हुदैँछ प्राण प्रतिष्ठा

अयोध्या,६ माघ । रामललाको प्राण प्रतिष्ठा अयोध्यामा २२ जनवरीमा अर्पण गरिदैँछ । 

यसैबीच रामललाको गर्भ गृहको तस्विर सार्वजनिक भएको छ । जहाँ जनवरी २२ मा राम मन्दिरको गर्भगृहमा रामललाको मूर्ति स्थापना गरिने छ ।

अब रामललाको प्राण  केही दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा २२ जनवरीमा देशभर उत्सवको माहोल छ। हरेक वर्गका मानिस खुसीले नाचिरहेका छन् । भगवान रामको नाम देशैभरि चर्चित भएको छ । 

यसैबीच भगवान श्री रामललाको गर्भको विशेष तस्विर सार्वजनिक भएको छ ।  तस्बिरमा रामललाको स्थापना हुने ठाउँमा पुजारीले पूजा गरिरहेको देख्न सकिन्छ ।सो सँगै अयोध्याको राम मन्दिरको गर्भमा ५०० वर्ष पुरानो सपना साकार हुँदैछ । 

जसका लागि आज अर्थात १९ जनवरीमा अयोध्यामा औषधिवास, केस राधिवास, घृत अधिवास, धन अधिवासको आयोजना गरिनेछ। यसैगरी जनवरी २० मा चिनी अधिवास, फलफूल अधिवास र पुष्पा अधिवास आयोजना गरिने छ।


यसपछि प्राणप्रतिष्ठा कार्यक्रमको एक दिन अगाडि जनवरी २१ गते मध्याधिवर र शैयाधिवासको आयोजना गरिने भएको छ भने जनवरी २२ मा रामलल्लाको प्राणप्रतिष्ठा कार्यक्रम हुनेछ ।

प्राणप्रतिष्ठा अघिको शुभ संस्कार यसअघि गत १६ जनवरी सुरु भएको र २१ जनवरी सम्म जारी रहनेछ। यस्तो अवस्थामा भक्तजनहरु २२ जनवरीको प्रतिक्षामा छन् । 

प्रतिकृया दिनुहोस