गलेश्वर आश्रमका ज्येष्ठ नागरिक र बटुकहरुलाई स्पन्दन नेपालको भोजन


चितवन,६ माघ ।
चितवनको भरतपुरमा रहेको स्पन्दन नेपालले तनँहुको देवघाटधामा रहेको गलेश्वर आश्रममा रहेका बटुक तथा ज्येष्ठ नागरिक हरुलाई विहानीको भोजन खुवाएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत  आश्रममा रहेका ३२५ जना विद्यार्थी तथा ज्येष्ठ नागरिकहरुलाई विहानीको भोजन गराइएको संस्थाका अध्यक्ष अनिता खनालले जानकारी दिनुभयो ।

स्पन्दन नेपालका सल्लाहकार रन्जु मैनालीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका सचिब बिमला दहालले गर्नुभएको थियो । कार्यक्रममा सस्थाका उपाध्यक्ष मन्जु पाठक,सह सचिब शोभा वास्तोला,निबर्तमान अध्यक्ष इन्दिरा भुषाल,सदस्यहरु बिमला घिमिरे, पार्बती गुरुङ,सकुन्तला धरेल,सल्लाहकार गोमा भट्टराई र सदस्य लक्ष्मी ढकालको उपस्थिति रहेको थियो।

वि.स २०७३ सालमा स्थपना भएको परोपकारी संस्था स्पन्दन नेपालले चितवन र यस आसपासका जिल्लाहरुमा सामाजिक कृयाकलापहरुमा सहभागिता जनाउदै सहयोग समेत गर्दै आएको छ । संस्थाले यस अघि चितवनको कालिका नगरपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो भने शनिवार कालिका नगरपालिकाकै एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जुत्ता र मोजा वितरण गर्ने कार्यक्रम राखेको छ ।

प्रतिकृया दिनुहोस